राप्ती गाउँपालिका वडा नम्बर ६ को पत्थरगढवामा सामुहिक प्राङ्गारिक मल उत्पादन सुरु



राप्ती गाउँपालिका वडा नम्बर ६ को पत्थरगढवामा सामुहिक प्राङ्गारिक मल उत्पादन सुरु

सिसहनियाँ २६ वैशाख । दाङकाे राप्ती गाउँपालिका वडा नं. ६ पत्थरगढवामा सामुहिक प्राङ्गारिक मल उत्पादन सुरु भएको छ।

वडाले हालै श्रमिक सहकारी संस्था लिमिटेड स्थापना गरि साे मल उत्पादनकाे काम अघि बढाइएको हाे। मल उत्पादन गर्नका लागि वडाले आर्थिक वर्ष २०८०/८१ मा दश लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त रकम बाट मल बनाउने मेसिन खरिद तथा सहकारी संस्थाका सदस्यहरुलाई तालिम प्रदान गरिएको राप्ती गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष दिपक कुमार चाैधरीले जानकारी दिएका छन् ।

प्राङ्गारिक मल उत्पादनले अन्न बालीमा रासायनिक मलकाे प्रयोगमा कमी ल्याउनुका साथै स्थानीय श्रमिकहरुलाई राेजगारीमा समेत जाेड्न सकिने अध्यक्ष चाैधरीकाे विश्वास रहेको छ। गाई भैंसीको गाेठे मल बाट प्राङ्गारिक मल बनाई लेबलिङ र प्याकेजिङकाे काम समेत भई सकेको सहकारी संस्थाका अध्यक्ष गणेश चाैधरीले जानकारी दिएका छन् ।उनका अनुसार मलकाे प्रति केजी ७५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ। एक कठ्ठा जग्गामा करिब २० केजी मल आवश्यक पर्ने र त्यसबाट उत्पादनमा समेत वृद्धि हुने चाैधरीकाे भनाई छ।

अहिले मल उत्पादनको सुरुवाती चरण भएकाले बिस्तारै त्यसको गुणस्तरीयतामा सुधार गर्दै जाने संस्थाले बताएको छ।संस्थामा १८ जना श्रमिक सदस्यहरु आवद्ध रहेका छन् ।उनीहरू आफैं मल उत्पादन कार्यमा सहभागी हुने गरेका छन् । यसै बीच बुधबार वडाले श्रमिक सहकारी संस्था उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

राप्ती गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष दिपक कुमार चाैधरीकाे अध्यक्षता एवम् पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम बाेल्दै प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी प्राङ्गारिक मल उत्पादनले राज्यको अरबाै रुपैयाँ रकम बचत हुने बताए । वर्षेनी विदेशबाट रासायनिक मल आयात गर्दा राज्यको अरबाै रुपैयाँ बाहिरी रहेको बतादै प्रतिनिधिसभा सदस्य चाैधरीले त्यसलाई राेक्न र अर्गानिक उत्पादनलाई प्राेत्साहन गर्न प्राङ्गारिक मल उत्पादनकाे आवश्यकता रहेको बताए ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय रासायनिक मलकाे बढ्दाे प्रयोग भई रहेको प्रति चिन्ता व्यक्त गर्दै त्यसबाट उत्पादित बस्तुहरु सेवन गर्दा विभिन्न किसिम नसर्ने राेगहरु लाग्ने बताए । उनले प्राङ्गारिक मलकाे प्रयोगले माटाेकाे उत्पादकत्व वृद्धि मात्रै नभई त्यसबाट उत्पादित बस्तु सेवन गर्दा मानव जीवनमा फाइदा समेत पुग्ने बताए ।कार्यक्रममा राप्ती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, वडा नं. ७ का वडा अध्यक्ष सिताराम चाैधरी, वडा नं. ६ का वडा सदस्य बलिराम चाैधरी, गीता चाैधरी, सावित्री परियार, राष्ट्रिय युवा परिषद्का सदस्य तथा मल उत्पादन कार्यका सहजकर्ता सन्दिप सापकोटा विभिन्न टाेल विकास संस्थाका अध्यक्ष लगायत स्थानीयहरुकाे सहभागीता रहेको थियो । सहकारी संस्थाकि सदस्य राम कुमारी चाैधरीकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण वडा सचिव सन्जिता पाैडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे