बनघुस्री स्थित राप्ती नदीमा डुबेर एक महिलाको मृत्यु
लमही २२ वैशाख । दाङ देउखुरीमा राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री स्थित राप्ती नदिमा नुहाउन गएकी राजपुर-२ मटेरिया निवासी बर्ष २० कि सरिता चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ ।
सरिता केही दिन अघि बनघुस्री स्थित माईतीघर आएकी थिईन । शनिबार गाउँका धेरैजना नुहाउन राप्ती नदि गएका थिए । अर्की नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । राप्तीमै नुहाउँदै गरेका स्थानीय सन्तोष घर्ती मगरले अर्का बच्चा डुब्न थालेपछि बचाउन खोज्दा सरिता आफै डुबेको बताए । उनका अनुसार १२ वर्षिय कोपिला चौधरी पानीमा डुब्न खोज्दा सरिता बचाउन भनी गएकि थिईन । कोपिलालाई छेउँतर्फ धकेली सरिता पानीमा डुबेको प्रत्यक्ष्यदर्शि घर्तीले बताए । कोपिला भने सकुशल रहेको प्रहरीको भनाई छ । शबलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । शबलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।