एउटै वडामा दर्जन बढी सिंचाई कार्यक्रम, गढवाको वडा नं.१ सिंचाईमा आत्मनिर्भर बन्दै



एउटै वडामा दर्जन बढी सिंचाई कार्यक्रम, गढवाको वडा नं.१ सिंचाईमा आत्मनिर्भर बन्दै

शिबराज पन्थी, गढवा ३० मंसिर ।

बैशाख जेठको गार्मिमा देउखुरी उपत्यका सुख्खा देखिन्छ तर गढवा १ को चिसापानी गाउँमा जानेहो भने खेतबारी सबै हरियाली देख्न सकिन्छ । खानेपानी र सिंचाइमा समस्या थियो । सिंचाई अभावमा खेतबारी बाँजै रहन्थे । स्थानीय सरकार बनेपछि पक्कि कुलो बन्यो,घर–घरमा खानेपानीका धारा बिस्तार भएका छन् अब त्यस्तो समस्या हटेको छ–गढवा १ चिसापानीका द्रोण भट्टराइले भनिन् ।

सिंचाई अभावमा झण्डै एक बिगाह जग्गा बाझै रहन्थ्यो । अब सिचाईको सुबिधा भएपछि स्वदेशमै बसेर खेति गर्ने लक्ष्य लिएको छु–गढवा १ चिसापानीकै गोबबहादुर पुनले भने । सिंचाइका लागि आकाशे पानी कुर्नु पर्दथ्यो । समयमा पानी परेमा खेती हुन्थ्यो नत्र राशनपानी बेसाएर बाँच्नु भन्दा अरु बिकल्प थिएन । गाउँमा पक्की कुलो बनेपछि खेतिपाती गर्न सजिलो भएको छ, गढवा १ बनबारी निबासी डण्डबहादुर जिसीको भनाई छ ।

यो बर्ष तराइ मधेश समृद्धि कार्यक्रमबाट ६३ लाखको लागतमा जेठानगाउँमा डिप बोरिङ निर्माण कार्य सुरु भएको छ । डिपबोरिङ निर्माण हुन थालेपछि सिंचाई सुबिधा पाइने आशामा त्यहाँका नागरिकहरु पनि खुसी भएका छन् । स्थानीय सरकार बनेपछि गढवाको वडानं. १ मा झण्डै दर्जनबढी साना ठूला सिंचाईका कार्यक्रमहरु सम्पन्न हुदै छन्–वडा अध्यक्ष बाबुराम अधिकारीले भने ।

गढवा गाउँपालिकाको वडा नं. १ मा २०७४÷०७५ देखि हालसम्म साना ठूला गरेर दर्जन बढी सिंचाइका कार्यक्रमहरु सम्पन्न हुदै छन् । कतिपय योजना निर्वाचन क्षेत्र बिकास कोषबाट संचालनमा आएका हुन् भने कतिपय तराइ मधेश समृद्धि कार्यक्रम र गाउँपालिका तथा वडाकै बजेटबाट संचालनमा आएका हुन्–वडा अध्यक्ष बाबुराम अधिकारीले भने । उनका अनुसार वडानं. १ का बिभिन्न क्षेत्रमा गरि कुल १ करोड ३४ लाख ५० हजार बराबरको रकम सिंचाइका कार्यक्रमहरुमा लगानी भै सकेको छ ।

जस अनुसार रङसिङ सिंचाई कार्यक्रम अन्तर्गत पक्कि कुलो तथा रिजर्भर टैंकी निर्माण,खन्नेखुटी सिंचाई कार्यक्रम अन्तर्गत मोटर तथा पाइप खरिद,आरसिसी ढलान सहितका सुर्य पक्कि कुलो निर्माण,तल्लो धानखोली पक्कि कुलो निर्माण,जनशक्ति पक्कि कुलो निर्माण,चिसापानी कुलो बाँध निर्माण,बनबारी पक्कि कुलो निर्माण रहेका छन् ।

यसैगरी बडहरा सिंचाई कार्यक्रम डिप बोरिङ मोटर भल्भ बिस्तार,टहँडा सिंचाई कार्यक्रम अन्तर्गत पाइपलाइन, जेठानगाउँ डिपबोरीङ सिंचाई कार्यक्रम,बनघुस्री पक्कि कुलो निर्माण,मलमला स्यालो ट्युबेल बिस्तार कार्यक्रम, कलौनी सिंचाई कार्यक्रम अन्तर्गत पम्प मोटर तथा पाइपलाइन र थप साना सिंचाईका कार्यक्रम तथा मोटर वितरण लगायत गरि दर्जन बढी सिंचाईका कार्यक्रमहरु कतिपय संचालनमा आएको त कतिपय निर्माणाधिन एवं संचालनको प्रकृयामा रहेको वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीले जानकारी दिए । आफ्नो वडालाई सिंचाइमा आत्मनिर्भर बनाउन धेरै ठाउँमा बजेटका लागि मेहनत गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे