व्यवसायीहरूले बोली व्यवहारमा सुधार गर्न आवश्यक छ : श्रेष्ठ



व्यवसायीहरूले बोली व्यवहारमा सुधार गर्न आवश्यक छ : श्रेष्ठ

भालुवाङ १८ चैत । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ अन्तरगत राष्ट्रिय महिला उद्यमी समितिको लुम्बिनी प्रदेशको भेला शनिबार दाङको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सम्पन्न भएको छ ।

राष्ट्रिय महिला उद्यमी समितिको लुम्बिनी प्रदेश संयोजक रिताचन्द योगीको अध्यक्षता एवम् नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष श्रेष्ठले व्यवसायी गर्ने मानिसको बोली, व्यवहार र संस्कारमा सुधार ल्याउन आवश्यक रहेको बताएका छन् । जब सम्म व्यवसायीको बोली व्यवहारमा सुधार हुँदैन तब सम्म कुनै पनि व्यवसायी फस्टाउन नसक्ने हुँदा बोली व्यवहार सुधार नै पहिलो आवश्यकता रहेको बताएका छन् ।

कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामकुमार रणपाल, महासंघका केन्द्रीय महासचिव ईश्वर नेपाली, सचिव रूपलाल परियार, महासंघका स्थायी समिति सदस्य तथा राष्ट्रिय उद्यमी महिला सचिव संगिता लामिछाने, महासंघका लुम्बिनी प्रदेश संयोजक सुरेन्द्र दर्लाल, महासंघ लुम्बिनी प्रदेश सहसंयोजक शालिकराम नौबाग, महासंघका मानर्थ सदस्य चुर्ण परियार, राष्ट्रिय महिला उद्यमी समिति बागमती प्रदेश संयोजक अमृता श्रेष्ठ बलामी र राष्ट्रिय महिला उद्यमी समिति बाँके अध्यक्ष कल्पना पुन लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ लुम्बिनी प्रदेश सचिव सुवास परियारले गरेका थिए ।

राष्ट्रिय महिला उद्यमी समिति लुम्बिनी प्रदेश संयोजकमा योगी सर्वसम्मत निर्वाचित
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ अन्तरगत राष्ट्रिय महिला उद्यमी समितिको लुम्बिनी प्रदेशको शनिबार दाङको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सम्पन्न भेलाले प्रदेश संयोजकमा बाँकेकी रिताचन्द योगी सर्वसम्मत निर्वाचित भएका छन् ।

योगीकै अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जस अनुसार सचिवमा रुपन्देहीकी मिना थापा क्षेत्री, कोषाध्यक्षमा दाङकी शिवा दसोदी रहेका छन् । त्यसै गरि सदस्यहरुमा बाँकेबाट पवित्रा सुनार, संगिता गौतम, भिमु थापा, सारा परियार, बर्दियाबाट बसन्ती खड्का, दाङबाट तारा भण्डारी, भुमि गुरुङ, शोभा बुढाथोकी, रुपन्देहीबाट मधुमाया सिंह राइमाझी, रोल्पाबाट चाँदनी घर्ती र पाल्पाबाट सावित्रा कोइराला रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे