ठुला व्यवसायी गर्नेहरु हत्यारा हुन् की समाजसेवी ?

के धनी मान्छे समाजसेवी वा सेवा भावका हुन त ? हुन्छन्, भने किन लुटिरहेका छन् सिधासाधालाई । यी धर्म गरेका त हुँदै हैनन् र अल्पज्ञानी र महापापी पाे हुन् कि ? समाजमा दिमागकाे प्रयोग गरेर वा कुनैपनि शारिरिक काम नगरि मानसिक रुपमा काम गरेर । आफ्नाे क्षमताकाे प्रयोग गरेर धेरै कामदारलाई काम लगायर आर्थिक लाभ लिने मानिसलाई धनी मान्छे भनिन्छ ।
गरिवी
समाजमा धनी पुजीपतिकाे काम गरि अहिलेकाे सेवा सुविधा लिन नसक्ने, मुस्किलले जीवनयापन गरेका मानिसहरुकाे समुहलाई गरिव भनिन्छ ।जहाँ इच्छा चाहाना त परकाे कुरा हाे आवश्यकता पूरा गर्न पनि निकै मुस्किल हुन्छ । जस्तै सामान्य शिक्षा, स्वास्थ्य, यातायात, खानपिन, लत्ताकपडा, घरवास बनाउन समेत निकै मुस्किल पर्ने गर्छ । यस्ता मानिसहरुले पुजीपति वर्गकाे व्यापार, उद्योग, सरसफाई शारिरिक काम गरिदिएका हुन्छन् । र पुजीपतिलाई थप धनी बनाउन सहयाेग गर्दछन् ।
मध्यमवर्ग
कामकाज गरि निकै कठिनाईका साथ आफ्नाे आवश्यकताहरु पूरा गरेका परिवारकाे सङ्ख्यालाई मध्यम वर्गिय परिवार भन्न सकिन्छ । जति धेरै कमाई भएपनि शारीरिक श्रम गरेर जीवनयापन गर्ने समूह यस भित्र पर्दछन् । चाहे त्याे नेपाल हाेस वा विदेश शारीरिक काम जस्तो सुकै गरेर आफ्नाे परिवारकाे इच्छा चाहाना पूरा गर्छ भने त्याे मध्यम वर्गिय परिवार हाे । यी परिवारले पनि पुजीपति वर्गकाे वा देशकाे मध्यम स्तरकाे काम गरि सेवा गरिरहेका हुन्छन् । तपाईं स्वदेश, विदेश लाख, हजार जति कमायता पनि आफ्नाे परिवारकाे इच्छा चाहाना परिपूर्ति गर्न सक्नुभएकाे छ भने तपाईं मध्यम बर्गकाे परिवारबाट जीवन जिउनु भएकाे छ । चाहेजति धेरै नै सम्पत्ति छ भनेर घमण्ड गरेतापनि यदि शारिक श्रम गर्नुभएकाे छ भने मध्यम परिवार हाे तपाईं हाम्रो ।
धनीवर्ग
शारीरिक श्रमविना आफ्नाे बल बुद्धिले, आफ्नाे कम्पनी वा व्यवसायीमा कर्मचारी, कामदारलाई काम लगायर उसकाे पसिनामा तपाईले आर्थिक लाभ लिनुभएकाे छ तथा परिवारकाे इच्छा, चाहाना परिपूर्ति गर्नुभएकाे छ भने तपाईं धनिवर्गमा पर्नुहुन्छ । शारीरिक श्रमबिना अरुलाई श्रमगराई आर्थिक लाभलिने परिवारलाई धनी परिवार भन्न सकिन्छ । यसरी देशमात्र नभई पूरा विश्व धनी परिवारबाट अघाेषित रुपमा जिवनभर शाेषित छ । १ केजी गहुँकाे पिठाेकाे मूल्य ४० छ र यसबाट उसले २० वटा चाउचाउ बनाएर ४०० मा बिक्री गरिरहेकाे छ । यसलाई प्रयोग गर्ने समुदाय, गरिव र मध्यम छ । याे एउटा उदाहरण हाे । बाैद्विक मानिसहरुले कसरी दिमाग लगाएर लुटिरहेका छन् सबै क्षेत्र यसबाट अछुतो छैन् । यसरी गरिव तथा मध्यम वर्गकाे शाेषण गर्नेहरुकाे समाजमा निकै ठुलाे इज्जत र मान प्रतिष्ठा छ ।
वास्तवमा यी वर्गहरु भनेकाे हामीले जनावरलाई जसरी बुद्धी नभएका भनी रहेका हुन्छाै यसै गरि यी वर्गका मानिसले गरिवलाई दया र मध्यम वर्गलाई सम्मान दिनुभनेकाे बुद्धी नभएका सम्झेर करुणा देखाएकाे जस्ताे देखावटी सम्मान मात्र हाे । वास्तवमा यी वर्गका मानिसले आफु बाहेक अरुलाई कहिल्यै पनि बुद्धी भयकाे स्वीकार गर्दैनन् । वास्तवमा कसैलाई उल्लु बनाउन, झुक्याउन, मार्न, छल्न ठग्न नसक्नेहरु गरिव र मध्यम वर्गमा सिमित हुनेहुँदा । यी पुजीपतिहरु तपाई हाम्राे पैसाका पुजीपति हुन् । याे क्रम बढ्दै गएमा आर्थिक असमानताले सिमा नाघ्ने छ । याे विश्व ५ % पुजीपतिहरुले चलाएका छन् र चलाई रहने छन् । के गरिवहरुले काम नगरे पुँजीपति हुने थिय त ? असम्भव छ । चर्काे मुल्यवृद्धि समाजलाई मजदुर र गरिव तर्फ डाेराउछ । पुँजीपतिहरुले मलजलका साथ साम्राज्य खडा गर्दछन् । यसकाे असर काेही जन्मदै पुँजीपति र काेही भिखारी हुने छन् । यसलाई समानता ल्याउन मृत्युपछि सम्पूर्ण सम्पति राज्यले लिने र जन्मनेले फेरि नयाँ सुरु गर्नुपर्ने नीति ल्याउनु पर्दछ । गाँस, बास, शिक्षा र स्वास्थ्यकाे जिम्मा सरकारले लिएर सबैकाे सम्पति राज्यकाे बनाएपछि मात्र आर्थिक असमानता बदलिन सक्छ । जुन अहिलेकाे विश्वमा सम्भव नभएता पनि ३०-४० औं शताब्दी तिर अनिवार्य लागु हुने छ ।
संसारभर ७ लाख ३० हजार मानिसले प्रत्येक बर्ष अनुपातमा आत्महत्या गरेका छन् तपाईं हामीलाई थाहा छ ? यसकाे कारण के ? धेरै कारणहरु मध्ये पहिलाे कारण पारिवारिक अवस्था र आर्थिक अवस्था हाे । जसले मानसिक सन्तुलन गुमाउन सहज बनाउँछ । यसकाे मुख्यकारण भनेका पुँजीपती र दलालतन्त्र नै हाे ।मानिसले अरुसरह जीवनयापन गर्न मन पराउँछ । सेवा सुविधा र अवसरकाे अवस्था एकनास हुन सक्दैन । फलस्वरुप मानिस मानसिक राेगकाे शिकार बन्दछ र आत्महत्या गर्छ । यहि समाजमा कुनै पुँजीपति मानिसलाई भगवान र कुनै गरिवलाई बिचरा मान्ने चलनले यस किसिमकाे समाजकाे निर्माण भैरहेकाे छ । यसकाे कारण के पुँजीपती हैन ? कि के र किन मरेका छन् त मानिसहरु ? यसरी यी मानिसहरु कहिले आर्थिक सहयोग गरेबापत भगवान त कहिले महान दिलभएका, पुजनीय पनि कहल्यिन छन् वास्तवमा आजकल मानिसहरुलाई मानिस बन्नु भन्दा जनावर भएर खुल्ला हुने रहर भएकाे कतिपय युवाहरुहरुकाे रायबाट, कुराबाट थाहा पाउन सकिन्छ ।
यसकाे कारण सहज अरु सरह जीवनयापन गर्न नसक्नु हाेइन र ? पलपल मर्नुपर्ने, घरपरिवार छाड्नुपर्ने, आफन्त आफन्तमा विभेद हुने, विवाह भाेजभतेर, देखावटी पन तथा जीवलाई पिन्जडामा राख्नुपर्ने कारणले मानिसले आफैलाई हत्या गरेको कुरा १००% सत्य हाे । यसरीनै संसार अगाडी बढेमा हत्या गर्नेदर झन बढेर जाने छ । यसकाे समाधान खाेज्न जरुरी छ । अहिलेकाे विश्व पुँजीपतिकाे पछाडि छ त्यस कारण यसकाे समाधान खाेज्छ जस्ताे लाग्दैन ।