हरियाली सहकारीद्धारा शंकर मावि पिपरीमा सरस्वतीको मन्दिर शिलान्यास



हरियाली  सहकारीद्धारा शंकर मावि पिपरीमा सरस्वतीको मन्दिर शिलान्यास

सिसहनिया २६ फागुन । दाङको राप्ती गाउँपालिका -८, पिपरीमा रहेको शंकर माध्यमिक विद्यालयमा सरस्वती मन्दिरको शिलान्यास गरिएको छ ।

राप्ती गाउँपालिका ५ सिसहनियामा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रेशमबहादुर थापाले मन्दिरको शिलान्यास गरेका हुन् । संस्थाको सामुदायिक क्रियाकलाप अन्तर्गत सञ्चालक समितिको निर्णय अनुसर सरस्वतीको मन्दिर निर्माण गर्ने कार्य अगाडी बढेको हो। विद्यालयमा सरस्वतीको मन्दिर आवश्यक थियो त्यो  आवश्यकता पूरा गरिदिएकोमा हरियाली सहकारीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद चाैधरीले धन्यवाद दिए ।

सहकारीले स्कूल तथा समाजका लागि थुप्रै कार्य गर्दै आएको संस्थाका व्यवस्थापक उमेश कुमार चौधरीले बताए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष शिवध्वज मल्ल, सचिव राधा पाण्डे, सदस्य सरिता पौडेल र शंकर माविका प्रधानाध्यापक सुवर्णमान चौधरीको उपस्थितिमा मन्दिर शिलान्यास कार्यक्रम  भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे