राप्तीमा सञ्चालित अध्यक्षकप फुटबल प्रतियोगिताकाे फाइनल खेल भाेली हुँदै



राप्तीमा सञ्चालित अध्यक्षकप फुटबल प्रतियोगिताकाे फाइनल खेल भाेली  हुँदै
भालुवाङ  १९ फागुन । दाङको राप्ती गाउँपालिकामा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिताकाे सेमिफाइनका खेलहरु शनिबार सम्पन्न भएको छ।
शनिबार सम्पन्न पुरुष तर्फकाे वडा नं.२ र वडा नं.४ बीच भएको खेलमा वडा नं.२ विजयी भएको छ । वडा नं.२ ले वडा नं.४ लाई २-० को गाेल अन्तरले हराएको हो ।
त्यस्तै वडा नं.१ र वडा नं.६ बीच भएको खेलमा वडा नं.१ विजयी भएको छ । वडा नं.१ ले वडा नं.६ लाई ३-० को फराकिलो गाेल अन्तरले हराएको हो ।
त्यस्तै महिला तर्फ वडा नं.३ र वडा नं.७ बीच भएको खेलमा वडा नं.३ विजयी भएको छ । वडा नं.३ ले वडा नं.७ लाई ३-० को फराकिलो गाेल अन्तरले हराएको हो । त्यस्तै वडा नं.१ र वडा नं.४ बीच भएको खेलमा वडा नं.१ विजयी भएको छ । वडा नं.१ ले वडा नं.४ लाई ५-० को फराकिलो गाेल अन्तरले हराएको हो ।
सेमिफाइनलका विजेता वडाहरु बीच आइतबार बिहान ७ बजे देखि फाइनल खेल हुने वडा नं.३ का वडा अध्यक्ष तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयाेजक उमेश अधिकारीले जानकारी दिएका छन्।
फाइनल खेल पुरुष तर्फ वडा नं.१ र वडा नं.२ बीच हुनेछ भने महिला तर्फ वडा नं.१ र वडा नं.३ बीच हुनेछ। यसैबीच शनिबार नै सम्पन्न पुरुष जनप्रतिनिधिहरु र कर्मचारीहरु बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीहरुकाे समूह विजय भएको छ। कर्मचारीहरुकाे समूहले जनप्रतिनिधिहरुकाे समूहलाई ५-० काे फराकिलो गाेल अन्तरले हराएको हाे। त्यस्तै महिला जनप्रतिनिधिहरु र कर्मचारीहरु बीच भएको खेलमा कर्मचारीहरुकाे समूह विजय भएको छ।
कर्मचारीहरुकाे समूहले जनप्रतिनिधिहरुकाे समूहलाई ३-० काे फराकिलो गाेल अन्तरले हराएको हाे। गत बिहीबार देखि सञ्चालित खेलकुद प्रतियोगिताकाे आइतबार समापन गरिने गाउँपालिकाकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे