गुरूकुल एकेडेमी तुलसीपुरकाे विशेष छात्रवृत्ति याेजना सार्वजनिक



गुरूकुल एकेडेमी तुलसीपुरकाे विशेष छात्रवृत्ति याेजना सार्वजनिक
दाङ ११ फागुन । शैक्षिक-सत्र २०८१ बाट तुलसीपुरमा पनि सञ्चालन हुन लागेकाे गुरूकुल एकेडेमीले बिशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेकाे छ । विद्यालयले तुलसीपुरमा आज (शुक्रबार) पत्रकार सम्मेलनकाे आयाेजना गरेर विशेष छात्रवृत्ति याेजनाका बारेमा जनाकारी गराएकाे हाे ।
पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले पढाईमा क्षमतावान भएर पनि विभिन्न समस्याले साेचेकाे विद्यालयमा  भर्ना हुन नसकेका विद्यार्थीलाई लक्षित गरेर नि:शुल्क पढाउन विशेष याेजना ल्याईएकाे बताए । विद्यालयले सार्वजनिक गरेकाे छात्रवृत्ति याेजना अनुसार गुरूकुल एकेडेमी तुलसीपुरकाे फेसवुक पेजमा साे कार्यक्रममा सहभागिताका लागि आवेदन फाराम राखिएकाे छ।
साेही फाराम भरेर कक्षा ६ देखि ९ सम्म निशुल्क अध्ययन गर्न चाहाने विद्यार्थीले  आवेदन दिन सकिने प्रधानध्यापक गिरीले जानकारी दिए । उनका अनुसार प्राप्त आवेदनमध्यबाट ४ जिपिए ल्याउने नेपाल सरकारले ताेकेकाे मापदण्ड अनुसार १० प्रतिशत  बिद्यार्थीलाई यातायात र खाना खाना बाहेक  अध्ययन गर्न अन्य कुनैपनि शुल्क लाग्ने छैन । विद्यालयले किताबी ज्ञानले मात्र विद्यार्थीले पूर्णता नपाउने भन्दै व्यवहारीक ज्ञानमा जाेड दिदै आएकाे छ ।
माटाे सुहाउदाे ज्ञान प्रदान गर्ने उदेश्यले तुलसीपुर-६, गाेलाैराबाट पनि शैक्षिक-सत्र २०८१ बाट अध्यापन सुरू हुन लागेकाे बिद्यालय पूर्ण प्रबिधिमैत्री कक्षा निर्माण, स्विमिङ पुल, फुटसल लगायतकाे सुबिधा सहित तीन विगाह क्षेत्रफलमा फैलिएकाे छ । हरेक कक्षामा २५ जना मात्र विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेकाेमा विहिवार र शुक्रवार अतिरिक्त कृयाकलापमा ईच्छा अनुसार विभिन्न कल्वमा सहभािगता जनाउन सकिने विद्यालयले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे