राप्ती गाउँपालिका वडा नं.३ काे वडा कार्यालय भवनकाे शिलान्यास



राप्ती गाउँपालिका वडा नं.३ काे वडा कार्यालय भवनकाे शिलान्यास

देउखुरी ११ फागुन । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका वडा नं.३ काे वडा कार्यालय भवनकाे शुक्रबार शिलान्यास गरिएको छ । भवनको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले संयुक्तरूपमा शिलान्यास गरेका हुन् ।

भवन निर्माणको काम ललितपुरकाे इनाेभेटिभ डाेकाे जलजला जेभी कम्पनीले लिएको छ । भवन निर्माणकाे काम गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन समेत दिएका छन् । कम्पनीले एक वर्षमा काम सक्ने गरि २ करोड २ लाख ८७ हजार ८ सय ३९ रुपैयाँ ३ पैसामा गत माघ १६ गते सम्झौता गरि काम सुरु गरेको निर्माण व्यवसायी सुमन तिमिल्सिनाले जानकारी दिए ।गाउँपालिकाका इन्जिनियर अशोक बेल्वासेका अनुसार छुट्टाछुट्टै महिला पुरुष शाैचालय,एक बैठक कक्ष सहित ८ काठे अपांग मैत्री २ तल्ले पक्की भवन बन्नेछ ।

राप्ती गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष उमेश अधिकारीकाे अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष पहलवान चाैधरी,वडा नं.३ का वडा सदस्यहरु चम्फा भुसाल शान्तप्रसाद चाैधरी, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद शर्मा, इन्जिनियर अशोक बेल्बासे, वडा सचिव शेरबहादुर हमाल र प्राविधिक विष्णा गिरी लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

हाल वडा कार्यालयले गाउँपालिका परिसरमा रहेको भवनबाट सेवा प्रबाह गरिरहेको छ । यस अगाडि गाउँपालिकाका ८ वटा वडाकाे भवन निर्माण कार्य सम्पन्न भई सकेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे