देउखुरीको सतबरियाकी एक महिलाको कलिपबस्तुमा हत्या



देउखुरीको सतबरियाकी एक महिलाको कलिपबस्तुमा हत्या

लमही २८ मंसिर । देउखुरीको सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी ति महिलाको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।

टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आङ्शकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे