प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटिको प्रथम साधारणसभा तथा प्रदेश भेलाको तयारी पुरा



प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटिको प्रथम साधारणसभा तथा प्रदेश भेलाको तयारी पुरा

भालुवाङ ४ फागुन । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटिको प्रथम साधारणसभा तथा प्रदेश भेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।

लुम्बिनी प्रदेशको राजधानी स्थल दाङको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा हुन लागेको साधारणसभा तथा भेलाको तयारी पुरा भएको चौतारीकी प्रदेश कमिटि महासचिव निरु गौतमले जानकारी दिएकी छिन् । हाल सम्म अतिथि निमन्त्रणा, स्वागत सामाग्री निमार्ण तथा मञ्च व्यवस्थापनको काम पुरा भएको महासचिव गौतमले जानकारी दिएकी छिन् ।

विहान ११ बजे देखि सुरु हुने साधारसभा तथा भेलाको उद्घाटन नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संघिय सांसद सुर्य थापाले गर्ने कार्यक्रम तय भएको महासचिव गौतमले जानकारी दिएकी छिन् । उद्घाटन कार्यक्रममा उपस्थितीका लागि सम्पुर्ण श्रमजीवि पत्रकारहरुलाई निमन्त्रणा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे