आदर्श नमुना मावि लालमटियाले सुचना प्रविधि विषयको पाँचौ सेमेष्टरमा उत्कृष्ट नतिजा ल्यायो



आदर्श नमुना मावि लालमटियाले सुचना प्रविधि विषयको पाँचौ सेमेष्टरमा उत्कृष्ट नतिजा ल्यायो

भालुवाङ ४ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयले डिप्लोमा इन्फर्मेसन टेक्नोलोजी (३ वर्षे सुचना प्रविधिको पाँचौ सेमेष्टरमा) उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

सिटिईभिटीबाट सम्बन्धन प्राप्त विद्यालयले सो विषय तर्फ पाँचौ सेमेष्टरमा सम्मिलित नियमित तर्फ कुल २६ जना विद्यार्थी मध्ये ८४ प्रतिशत अर्थात २२ जना र आंशिक तर्फ कुल ५ जना विद्यार्थी मध्ये शतप्रतिशत अर्थात पाँचै जना विद्यार्थी उत्तिर्ण गराई दाङ जिल्लामा ८४ प्रतिशत नतिजाका साथ उत्कृष्ट हुन सफल भएको विद्यालयका आइटी इन्चार्ज तथा सहायक प्रधानाध्यापक यादव आचार्यले दावी गरेका छन् ।

विद्यालयले सो नतिजा ल्याउन सफल भएको भन्दै प्रधानाध्यापक किरण पोख्रेलले वर्तमान एवम् पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वर्तमान एवम् पुर्व शिक्षक अभिभावक संघका पदाधिकारीहरु, राप्ती गाउँपालिकाका अध्यक्ष तथा पदाधिकारीहरु, शिक्षा शाखा प्रमुख, भौतिक निर्माण शाखा प्रमुख, मेहनती बिद्यार्थीहरु, परिश्रमी प्रशिक्षकहरु, सुचना प्रविधि विभाग प्रमुख लगायतलाई धन्यवाद दिएका छन् । यसै बीच सुचना प्रविधि विषयमा शैक्षिक सत्र २०८१ का लागि नयाँ भर्ना समेत खुलेकाले आफ्नो सिट सुरक्षित राख्न विद्यार्थीहरूलाई विद्यालय प्रशासनले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे