नेपाल औषधी व्यवसायी संघद्वारा स्वास्थ्य शिविरका लागि ७० हजार मुल्य बराबरको औषधी सहयोग
दाङ ३ फागुन । नेपाल औषधी व्यवसायी संघ दाङ शाखाले स्वास्थ्य शिविरका लागि ७० हजार मूल्य बराबरको विभिन्न प्रकारको औषधी सहयोग गरेको छ ।
बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय दाङलाई सो औषधी सहयोग गरेको हो । प्रहरी कार्यालयले आज आफ्नै कार्यालयमा स्वास्थ्य शिविर आयोजना गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता एवम् केन्द्रिय सदस्य भुवनेश्वर बुढाको प्रमुख आतिथ्यतामा सो औषधी हस्तान्तरण गरिएको हो ।
औषधी हस्तान्तरण गर्दै बुढाले विगतका दिनमा पनि संस्थाले स्वास्थ्यको क्षेत्रमा थुप्रै कार्यक्रम गरिसकेको र सहयोग समेत गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग गर्ने बताएका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरिक्षक रामबहादुर केसी, प्रहरी नायव उपरिक्ष जनकबहादुर मल्ल, संस्थाका वरिष्ठ उपाध्यक्ष मधुसुदन पाण्डे, महासचिव सुनिल कुमार रेग्मी, कोषाध्यक्ष राजिमान बुढा, सह-कोषाध्यक्ष कृष्ण श्रेष्ठ र सदस्य कृष्ण खड्काको उपस्थिति रहेको थियो ।