इच्छुकस्मृति कृषि सहकारी संस्थाको १२ औँ साधारणसभा लालमटियामा सम्पन्न



इच्छुकस्मृति कृषि सहकारी संस्थाको १२ औँ साधारणसभा लालमटियामा सम्पन्न

बिरेन्द्र गिरी, लालमटिया २७ मंसिर ।

इच्छुकस्मृति कृषि सहकारी संस्था लालमटियाको १२ औँ बार्षिक साधारणसभा हिजो देउखुरीको राप्ती गाउँपालिका—२ मुक्तनगर लालमटियामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भिर्माजुन सुवेदीको अध्यक्षता एवम् जेष्ठ शेयर सदस्य श्रीधर भुसालको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका सचिव बेदुलाल सुवेदी वार्षिक प्रतिवेदन, कोषाध्यक्ष मेनुका शर्माले आर्थिक प्रतिवेदन र लेखा समितीका संयोजक कृष्णप्रसाद पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका उपाध्यक्ष जुम्मन मियाँको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा बोल्ने बक्ताहरुले सहकारीले किसानहरुको अपेक्षाकृत काम गर्न नसकेको भन्दै गुनासो गरेका थिए । बक्ताहरुले किसानलाई चाहिने मलखादको प्राप्त व्यवस्था गर्न सहकारी संस्थाका सञ्चालकलाई सुझाब दिएका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु पदम रिजाल, गिरीराज पौडेल, रमेशमान गुरुङ्ग, शेयर सदस्य भोजराज भण्डारी र हरिबहादुर जिसी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालनका संस्थाका सचिव बेदुलाल सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे