तुलसीपुरमा जारी महायज्ञ सकियो तर दान रोकिएन, आज टार्गेट कुसारीद्वारा एक लाख बढी दान प्रदान
तुलसीपुर २० माघ । मानव सेवा आश्रम निर्माणार्थ दाङको तुलसीपुरमा भएको माहायज्ञ सकिए पनि दान दिने कार्य भने जारी रहेको छ । श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ नामाकरणका साथ माघ १३ गतेदेखि सुरु भएको माहायज्ञ २० गते सकिएको हो ।
महायज्ञ सकिए पनि सोमवार (आज) सम्म पनि दाताहरुले दान दिईरहेको महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नतले जानकारी दिएका छन् । सोमवार (आज ) सबैभन्दा बढी तुलसीपुर उप-महानगरपालिका-१३, बखरिया घर भई हाल टेकेसास अमेरिका बस्दै आएका टार्गेट कुसारीले दान गरेको संयोजक बस्नेतले जानकारी दिए ।
कुसारीले स्वर्गीय जिजु बुवा धन्जे कुसारी, जिजु आम गम्भिरी कुसारी, स्वर्गीय सानीआमा पुर्णिमा बस्नेत कुसारीको पूण्य स्मृति तथा हजुरबुवा रनविर कुसारी र हजुर आमा मोती कुसारीको सम्मानमा नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ दान गरेको मुल समितिका सदस्य सचिव बुद्धप्रकाश सिंहले जानकारी दिए ।
त्यसैगरी पुरान सकिएपछि पनि तुलसिपुर-५, का तुलसीराम सुनारले २५ हजार १ सय ५ रुपैयाँ, तुलसीपुर-६, का मोहन लम्सालले १५ हजार १ रुपैयाँ, तुलसीपुर-५, का दिपन्द्रकुमार श्रेष्ठले ४९ हजार ६ सय, घोराहीका गंगाराम पोख्रेलले २ हजार पाँच सय ५५, नव दुर्गा सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर ८ र ९ ले १५ हजार १ सय र तुलसीपुरकी निमा वली थापाले १५ हजार पाँच रुपैया दान गर्नु भएको आर्थिक संयोजक ध्रुव गौतमले जानकारी दिए । यसैबीच महायज्ञस्थलमा राखिएका दान पेटिकामा करिव साँढे ४ लाख रुपैया दान प्राप्त भएको छ ।
महायज्ञ स्थलमा राखिएका ८ वटा दानपेटीकामा दाताहरुले ४ लाख ४२ हजार २ सय ३३ रुपैया योगदान गर्नुभएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सुष्मा गिरीले जानकारी दिइन् । सोमबार बिहान गणना गरी सम्पन्न भएका दानपेटीकामा एक ब्यक्तिले ५ हजार ५ सय ५५ रुपैया सम्म राखेको पाइएको गिरीले जानकारी दिइन् । सोमवार नै दान पेटिकाको दान रकम गणना गरिएकाे थियाे । मानवसेवा आश्रमको कार्यालयमै दान पेटिकाको रकम गणना गरिएको थियाे ।
दानपेटीकाको ४ लाख ४२ हजार २ सय ३३ रुपैयाँ र ५ करोड ९ लाख १६ हजार ३ सय ९३ रुपैया गरी ५ करोड १३ लाख ५८ हजार ६ सय २६ रुपैयाँ नगद र प्रतिबद्धता समेत गरी कुल संकलन भएको हो । महायज्ञबाट ५ करोड रकम संकलन गर्ने र आगामी दुई बर्ष भित्र मानव स्मारक निर्माण गर्ने लक्ष्य राखिएको थियो ।