राष्ट्रिय संगीतकर्मी संघका सल्लाहकार ओलीद्वारा मानवसेवा आश्रमलाई २५ हजार बढी सहयोग
दाङ २० माघ । राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्लाका सल्लाहकार तथा दुर्गा मिठाई पसलका सञ्चालक राजकुमार ओलीले मानव सेवा आश्रमलाई नगद सहयोग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडरमा रहेको मानवसेवा आश्रमलाई ओलीले २५ हजार ५ सय रूपैयाँ सहयोग गरेका छन् । मानवसेवा नै जीवनदान हो भन्ने उद्देश्यले मानव सेवा आश्रमलाई समाजसेवी समेत रहेका ओलीले सो रकम सहयोग गरेका हुन् । यो भन्दा पहिले धेरै ठाउँमा सहयोग गरेको समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्