प्रेस चौतारीको प्रतिभा पुरस्कार देउखुरी टुडेकर्मी लक्ष्मी पोख्रेललाई



प्रेस चौतारीको प्रतिभा पुरस्कार देउखुरी टुडेकर्मी लक्ष्मी पोख्रेललाई

दाङ १८ माघ । प्रेस चौतारी प्रतिभा पुरस्कार देउखुरी टुडे डटकमका समाचारदाता लक्ष्मी पोख्रेलले पाउने भएकी छिन् ।

बिहीबार चाैतारी दाङको घोराहीमा बसेको पुरस्कार छनौट समितिको बैठकले प्रेस चौतारी नेपालकी महिला विभाग उपसंयोजक समेत रहेकी पोख्रेललाई सो पुरस्कार प्रदान गर्न लागिएको हो । त्यस्तै सोही पुरस्कार रेडियो हापुरेका सम्पादक रामप्रसाद सुवेदी, रेडियो प्रकृतिका चेतन वलीलाई पनि प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै चाैतारी दाङका पूर्व अध्यक्ष जेएन सागरलाई योगदान पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिका संयोजक शरद अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारीका नेता संगीत बस्याललाई प्रेस चौतारी सम्मान गर्ने निर्णय गरेको छ । बैठकले चौतारी दाङका पूर्व अध्यक्ष दुर्गालाल केसी र सदस्य बिमला केसीले स्वर्गीय बुबा धनिराम केसीको स्मृतिमा स्थापना गरेको धनिराम स्मृति पत्रकारिता पुरस्कार नयाँ युगबोध दैनिकका समाचारदाता दशरथ घिमिरेलाई, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य सरिता सुवेदीले स्वर्गीय हजुर बुबाको स्मृतिमा स्थापना गरेको हिमस्मृति शाहसिक पत्रकारिता पुरस्कार रेडियो मध्यपश्चिमका समाचार सम्पादक छवि पुरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी स्वर्गीय मदन केसीको स्मृतिमा परिवारले स्थापना गरेको मदन केसी आर्थिक पत्रकारिता पुरस्कार नयाँ युगबोध दैनिकका समाचारदाता सन्तोष खानाललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सदस्यमा केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सह–इञ्चार्ज टीकाबहादुर बस्नेत, केन्द्रीय सदस्य रीता लामा, पूर्व अध्यक्ष दुर्गालाल केसी र जिल्ला कार्यबाहक अध्यक्ष प्रेमबहादुर राम्जा रहेका छन् । प्रेस चौतारी दाप्रेस चौतारी नेपालको २६ स्थापना दिवसको अवसरमा यही माघ २२ गते पुरस्कार प्रदान गरिने जिल्ला कार्यवाहक अध्यक्ष प्रेमबहादुर राम्जाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे