नवलपरासीबाट कौडा खेलिरहेका पाँच जना ३ लाख ८५ हजार रुपैयाँ सहित पक्राउ
नवलपरासी २७ मंसिर । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले कौडा खेलिरहेको अवस्था ३ लाख ८५ हजार २२५ रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले कौडा खेलिरहेको अवस्थामा देवचुली-१ का सुवासचन्द्र ओझा, चितवन भरतपुर महानगरपालिका-२ का सन्दीप गुरुङ, वडा नम्बर-११ का किरण श्रेष्ठ, त्यही ठाउँका दूर्गामान गुरुङ र लमजुङ सुन्दरबजारका दिनेश जोशीलाई गएराति पक्राउ गरेको हो ।
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर -१ मा रहेकाे मेघापार्कबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस्