संघीयताको मर्म भनेकै कला संस्कृतिको पहिचान हाे : मुख्यमन्त्री चौधरी



संघीयताको मर्म भनेकै कला संस्कृतिको पहिचान हाे : मुख्यमन्त्री चौधरी

भालुवाङ ५ माघ ।  लुम्बिनी प्रदेश सरकारले माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ।लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा गृहमन्त्रालयले एक  भव्य कार्यक्रम गरेर माघ मिलन कार्यक्रम गरेको हो । गृहमन्त्री सन्ताेष कुमार पाण्डेकाे अध्यक्षता एवम् मुख्यमन्त्री डिल्लीबहादुर चौधरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री चौधरीले संघीयताको मर्म भनेकै कला संस्कृतिको पहिचान र संरक्षण रहेको बताएका छन् ।  उनले माघ थारुहरुको नयाँ वर्ष भएको र यसले मेलमिलापको सन्देश समेत दिने बताए । यसका साथै उनले संघीयता कार्यान्वयनलाई नयाँ उचाईमा पुर्‍याउन प्रदेशबाट त्यसको सुरुवात भएको पनि बताए।प्रदेशलाई अधिकार दिन केन्द्र सरकार तयार हुनुपर्ने उनले बताए। ‘संघीयता कार्यान्वयनको लागि अधिकार दिन कन्जुस्याइँ गरिनु हुँदैन। केन्द्र सरकारले अधिकार प्रत्यायोजन गर्नै पर्छ,’ उनले भने,‘संघीयतामा विकासको प्रतिस्पर्धा हुनुपर्छ। हामी विकासमा प्रतिस्पर्धा गर्न तयार छौँ।’प्रदेश गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सभामुख तुलाराम घर्ती मगर, निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरीलगायत मन्त्री, प्रदेश सभा सदस्य, सुरक्षा अधिकारीहरु तथा सरोकार राख्ने निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो। माघ मिलन कार्यक्रमलाई उत्सवमय बनाउन थारु, मगर समुदायको झाँकी प्रस्तुत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे