लालमटिया महोत्सवको नवौं दिन : गायिका रचना रिमाल सँग दर्शक रमाए



लालमटिया महोत्सवको नवौं दिन : गायिका रचना रिमाल सँग दर्शक रमाए

भालुवाङ ५ माघ । दाङको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा सञ्चालन भइरहेको छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको शुक्रवार नवौं दिन पनि दर्शकहरु राष्ट्रिय स्तरका कलाकारहरु सँग भरपुर्ण मनोरञ्जन लिएका छन् ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा पुस २६ गते देखि माघ ८ गते सम्म लालमटिया टुडिखेलमा महोत्सव सञ्चालन गरिएको छ । युवापुस्ता माझ निकै लोकप्रिय गायिका रचना रिमालले ‘फोटो फिरिममा’, ‘सम्झिने पानी छम्किने’, ‘उनको प्रित’ लगायतका आधा दर्जन गीत गाएर दर्शकहरुलाई रिझाएकी थिइन् । उनका सवै गीतहरुमा प्रया युवाहरु झुमेका थिए । त्यस्तै कार्यक्रममा गायिकाहरु रितु कडेल र कृष्णा बस्नेतले पनि विभिन्न गीत मार्फत दर्शकहरुलाई नचाएका थिए । भने कुशल कार्यक्रम सञ्चालिका तथा गायिका सर्मिला अर्यालले पनि बीच बीचमा आफ्ना सांगेतीक प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएकी थिइन् । त्यस्तै स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

यसैगरी महोत्सवमा माघ ६ गते शनिवार चर्चित हास्य कलाकारहर धुर्मुस सुन्तली, गायक देवेन्द्र बस्नेत तथा गायक मोडेल विजय पुन लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर करिब ४ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र ७ करोड बराबरको कारोवार हुने अनुमान रहेको महोत्सव संयोजक सुरज खड्काले जानकारी दिएका छन् । स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ ।

संघको भवन निर्माण तथा विपत व्यवस्थापन कोष बनाउने मुख्य लक्ष्य सहित महोत्सव सञ्चालन गर्न लागेको संयोजक खड्काले बताए । महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ । महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, चर्के पिङ, बाल उद्यान रहेका छन् । महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ७० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधीभर न्यु डान्स क्रेशनको साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे