लालमटिया महोत्सवमा वडा सदस्य रञ्जना सुनामको खेलौना पसल
भालुवाङ २९ पुस । नेपालीहरुलाई प्रया साना तिना व्यपार व्यवसायी गर्न लाज लाग्छ । अझ ठुला बडा अर्थात सरकारको कुनै जिम्मेवार पदमा रहेका मानिसहरु आफ्नो इज्जत जान्छ भनेर साना तिना काम गर्दैनन् ।
तर दाङको राप्ती गाउँपालिका वडा नम्बर १ की वडा सदस्य रञ्जना सुनाम महोत्सवमा खेलौना पसल थापेर व्यपार गरिरहेकी छिन् । स्थायी घर भालुवाङ निवासी रञ्जना गत पुस २६ गते देखि राप्ती उद्योग वाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा आयोजना गरेको छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा खेलौना पसल राखेकी छिन् ।
काम भन्ने कुरा सानो ठुलो हुँदैन आफ्नो परिवार पाल्नका लागि पनि काम गर्नुपर्छ उनले भनिन्, म एक वडा सदस्य हुँ मलाई कुनै लाज छैन किनभने म आफ्नो परिवारका लागि पसल राखेको हुँ उनले भनिन् । उनको पसलमा बच्चाका विभिन्न प्रकारका खेलौना, डल, कुशन रहेको छ । उनलाई देखेर ग्राहकहरु पनि उनको पसलमा जाने गरेका छन् ।