भालुवाङकाे राप्ती पुलबाट यात्रु बाहक बस नदीमा खस्याे : अहिले सम्म ५ जनाकाे मृत्यु, दर्जनाै घाइते



भालुवाङकाे राप्ती पुलबाट यात्रु बाहक बस नदीमा खस्याे : अहिले सम्म ५ जनाकाे मृत्यु, दर्जनाै घाइते

भालुवाङ २७ पुस । बाँकेकाे नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेकाे भे १ ख ३९१२ नम्बरकाे यात्रुबाहक बस शुक्रबार राति साढे १० बजे तिर दाङ-देउखुरीकाे भालुवाङ स्थित राप्ती नदीमा खसेकाे छ ।

उक्त दुर्घटनाबाट अहिले सम्म ५ जनाकाे मृत्यु भएकाे छ । अहिले सम्म २५ जनाकाे उद्धार गरिएकाे छ । जसमा हाल सम्म २० घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल सिंहले जानकारी दिएका छन् । बसमा करिब ३० जना यात्रु सवार रहेकाे हुन सक्ने प्रहरी प्रमुख  सिंहले जानकारी दिएका छन् । यति बेला नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भालुवाङका नागरिकहरू उद्धारमा खटिएका छन् । भने थप बिबरण आउन बाँकी रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे