राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन सुरू, सभाका सदस्यहरूद्वारा माघीको शुभकामना व्यक्त



राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन सुरू, सभाका सदस्यहरूद्वारा माघीको शुभकामना व्यक्त

भालुवाङ २६ पुस । राप्ती गाउँपालिका मसुरीया दाङको दोस्रो गाउँसभाको चौथो हिउँदे अधिवेशन बिहीबार देखि सुरू भएको छ ।हिउँदे अधिवेशनको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका छन् । अधिवेशनको अवसरमा सभाका सदस्यहरूले माघे संक्रान्ति पर्व एकता, मेलमिलाप र सद्भावकाे पर्व भएको बताउँदै सम्पूर्ण पालिका बासीहरुमा शुभकामना व्यक्त गरेका थिए । साथै उनीहरूले माघी पर्वले राप्ती गाउँपालिका बासीहरूमा सुख, शान्ति एवम् सम्वृद्विको कामना गर्दै नयाँ जोस जागर पलावस भन्ने कामना समेत गरेका थिए ।सो अवसरमा गाउँसभाका सदस्यहरू कमलापति चौधरी, गेमे खड्का, पहलवान चौधरी, उमेश अधिकारी, विरबहादुर चौधरी, देवप्रसाद चौधरी, दिपककुमार चौधरी, सिताराम चौधरी, चन्द्रबहादुर गुरूङ, रिमबहादुर सुनारी, रोशन चौधरी, रञ्जना सुनाम, मनबहादुर पुन, शान्तराम चौधरी, भुपलाल थापा मगर, गिता चौधरी, सावित्री चौधरी, चम्फा पुन, ददि बराल लगायतले शुभकामना व्यक्त गरेका थिए । सभाको सञ्चालन राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले गरेका छन् । मुख्यत आर्थिक ऐन २०८० को संसोधन तथा वडा बाट सिफारिस भएका योजनाहरुको संसोधन गर्ने कार्य सुचि रहेको अधिवेशन पुनः माघ १९ गते बिहान ११ बजे बस्ने गरि स्थगित गरिएको पालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे