स्थानीय तहलाई विकास निर्माण संगै कानुन निर्माणमा पनि ध्यान दिन सभामुख घर्तीकाे आग्रह



स्थानीय तहलाई विकास निर्माण संगै कानुन निर्माणमा पनि ध्यान दिन सभामुख घर्तीकाे आग्रह

बुटवल २५ पुस । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन निर्माणमा स्थानीय तह सक्षम हुन जरुरी रहेको बताएका छन् । लुम्बिनी प्रदेशसभा सचिवालयको आयोजनामा आज बुधबार बुटवलमा लुम्बिनी प्रदेशसभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा संचालन सम्बन्धी अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

सभामुख घर्तीले कानुनी र संबैधानिक ब्यवस्था अनुसार स्थानीय तहसंग कानुन निर्माणमा सहकार्य समन्वय र सहजीकरण गरिएको जानकारी दिए । उनले विकास निर्माणसंगै कानुन निर्माणमा पनि ध्यान दिनु जरुरी रहेको बताउँदै कानुन निर्माणमा सानो गल्तीले दीर्घकालीन असर पुग्ने भएकाले संबेदनशिल रहेको बताए । सभामुख घर्तीले प्रदेशसभा र स्थानीयतह बीच अन्तरसम्बन्ध स्थापित गरी सुशासन कायम गर्न र जनमैत्री काम गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।

यस्तै कार्यक्रममा उप-सभामुख मेनुका खाड केसीले स्थानीयतह र प्रदेशसभा बीच सहकार्य जरुरी रहेको बताएकी छिन् । उनले प्रदेशसभा सदस्य तुल्सी चौधरीले स्थानीय तहलाई अझै कृयाशिल बनाउन स्थानीय ऐनको आवस्यकता रहेको बताइन् । उनले स्थानीयतहको लागि आवश्यक परेको कानुन बनाउन तयार रहेको बताइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले संघीयताले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताउनु हुँदै सोही अनुसार जिम्मेवारी निर्बाह गर्न आग्रह गरे । उनले जनमैत्री काम गर्न जनप्रतिनिधिलाई सुझाव दिदै संघीयता सफल बनाउने जिम्मेवारी थपिएको बताए ।

कार्यक्रममा बुटवल उप-महानगरपालिका उपमेयर साबित्रादेवी अर्यालले संघीयताको मर्म अनुसार सहकार्य गर्नु आवश्यक रहेको र प्रदेशसभाले बनाएको कानुन इमानदारीताका साथ कार्यान्वयन गरिरहेको बताए । यस्तै सुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद बस्याल र सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे लगायतले कानुनी प्रक्रियामा सहभागी बनाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रदेशसभा सचिब दुर्लभकुमार पुनले प्रदेशसभाको गतिविधि र सभा संचालन सम्बन्धी सहजीकरण गरेका थिए भने कानुन उप-सचिब ईश्वरीप्रसाद आचार्यले गाउँ/नगर सभा संचालन ब्यवस्था सम्बन्धी सहजीकरण गरेका थिए ।

बुटवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले २१ ऐन, १२ नियमावली, ४५ कार्यविधि, १० निर्देशिका, ४ मापदण्ड गरी ९२ ऐन, नियमावली निर्देशिका र मापदण्डमा रही कार्य संचालन गरिएको जानकारी गराए । यस्तै सुद्दोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौडेलले पदाधिकारी र कर्मचारीको जीवन बिमा सम्बन्धी ऐन, बिद्धुतिय सरकार संचालन ऐन, स्थानीय सेवा ऐन बनाउन जरुरी रहेको बताए ।

त्यसैगरी सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले कानुनको अभावमा कर्मचारी दरबन्दीको समस्या रहेको बताए ।  अन्तरकृया कार्यक्रममा बुटवल उप-महानगर पालिका, सुद्दोधन र सियारी गाउँपालिका प्रमुख/उपप्रमुख वडा अध्यक्ष र पालिका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमकाे संचालन प्रदेशसभा सचिवालयकी अधिकृत राधा रोकाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे