सगरापुर बगरापुर सामुदायिक वनको अध्यक्षमा पुन : प्रेमलाल चाैधरी



सगरापुर बगरापुर सामुदायिक वनको अध्यक्षमा पुन : प्रेमलाल चाैधरी

सिसहनियाँ २५ पुस । सगरापुर बगरापुर सामुदायिक वनको चाैथो साधारणसभा तथा अधिवेशन बुधबार  बगरापुरमा सम्पन्न भएको छ । समुहका अध्यक्ष  प्रेमलाल चाैधरीको अध्यक्षता एवम् सव डिभिजन वन कार्यालय मसुरीया राप्तीका फरेस्टर दामोदर डाँगीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको  हो । सभामा वार्षिक प्रतिवेदन सचिव हरिप्रसाद चाैधरी र आर्थिक कोषाध्यक्ष बसन्ती चाैधरीले प्रस्तुत गरेका थिए ।

समुहका कोषाध्यक्ष बसन्ती चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष  दिपककुमार चाैधरी, वन रक्षक रमेश घर्ती क्षेत्री, पुर्व वडा अध्यक्ष वेदप्रसाद चाैधरी, सगरापुर गाउँ अगुवा टंकनाथ चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको सञ्चालन वन सल्लाहकार हरिचन्द्र चाैधरीले गरेका थिए । यसै बीच अधिवेशनले पुन प्रेमलाल चाैधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा  रामरति चाैधरी, सचिवमा हरिप्रसाद चाैधरी, कोषाध्यक्षमा बसन्ती चाैधरी, सदस्यहरूमा अनिता गाैतम, कमला चाैधरी, तिर्थदेवी चाैधरी, ओमकुमार चाैधरी, पुरन प्रसाद चाैधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे