देउखुरीकाे लमहीमा मोटरसाइकल दुर्घटनामा दुई विद्यार्थी गम्भीर घाइते



देउखुरीकाे लमहीमा मोटरसाइकल दुर्घटनामा दुई विद्यार्थी गम्भीर घाइते

लमही २६ मंसिर । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन । लमही नगरपालिका वडा नम्बर ४ भुरीपुर नजिक सडकका पिलरमा ठोक्किएर दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । घाइते हुनेमा गढवा गाउँपालिका वडा नम्बर ३ निवासी अन्दाजी १८/१९ वर्षिय मनोज अधिकारी र गढवा गाउँपालिका वडा नम्बर ४ गङ्गापरसपुर निवासी १८/१९ वर्षिय प्रविन कार्की रहेका छन् ।

लमही देखि गढवा तर्फ जाँदै गर्दा उनीहरु सवार रहेको लु ५३ प २१३७ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो सवा दुई बजे तिर दुर्घटना भएको थियो । कार्की र अधिकारी दुबै लमही स्थित रोजी बड्स बालबाटिका इङ्लिस बोर्डिङ स्कुल कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् । लमही अस्पताल स्रोतका अनुसार दुबैको अवस्था गम्भीर रहेको छ ।

अधिकारीको टाउकोमा गहिरो चोट लागेको छ भने कार्कीको निधार, खुट्टामा चोट लागेको छ । दुर्घटनामा घाइते भएका दुबै जनाको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे