महासंघद्वारा जाजरकोटका भुकम्प प्रभावितहरुलाई कम्बल वितरण



महासंघद्वारा जाजरकोटका भुकम्प प्रभावितहरुलाई कम्बल वितरण

जाजरकोट २२ पुस । राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघ नेपालले जाजरकोटमा भुकम्प प्रभावितहरुलाई कम्बल (फाइवर बल्याङ्केट) वितरण गरेको छ ।

जापान ईन्टरनेशनल सपोर्ट प्रोग्रामसङ्गको साझेदारीमा बारेकोट गाँउपालिकाको १, ५ र ६ नं. वडाका भुकम्प प्रभावितहरुलाई ३ सय ५० थान कम्बल बितरण गरिएको हो । चिसोको कारण भुकम्प प्रभावितहरुको मृत्यु दर बढ्न थालेपछि महासंघले भुकम्प प्रभावित क्षेत्रका जनतालाई कम्बल वितरण गर्ने निर्णय गरेको महासंघका केन्द्रिय अध्यक्ष शशि शर्मा मजगैयाँले बताए । जाजरकोटको बारेकोटमा केन्द्रबिन्दु बनाई गत कात्तिक १७ गते मध्यरातमा गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिमका घर बिहिन भुकम्प प्रभावितहरु त्रिपाल मुनि रात बिताउन बाध्य भएका छन् जसले गर्दा सुत्केरी महिला, गर्भवति महिला, बालबालिका, वृद्धा र शिशुको मृत्यु दर बढ्न थालेको छ । हालसम्मको तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिममा गरि ३६ जनाको चिसो र झाडापखाला कारण मृत्यु भईसकेको छ जस मध्ये जाजरकोटमा मात्र ३० जनाले ज्यान गुमाएका छन् ।

“घरबिहिन भएका भुकम्प प्रभावितहरुका लागी चिसोबाट राहत पुर्‍याउन मद्दत गर्ने उद्दश्यका साथ माहासंघले केन्द्रविन्दु रहेको गाँउपालिकामा कम्बलहरु बितरण गरेको हो । हाम्रो यो सानो तर महत्वपूर्ण सहयोगले पकै पनि अति जोखिममा रहेका जनसख्या जस्तै सुत्केरी, गर्ववति, महिला, बृद्धा, अपाङ्गता भएका ब्यक्ति, बालबालिका र अन्य घर बिहिन भएका भुकम्प प्रभावितहरुलाई न्यानो बनाउन सहयोग गर्ने महासंघका कार्यक्रम संयोजक क्षितिज शर्माले बताए ।

जिल्ला विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समिति जाजरकोट र स्थानिय विपद् व्यवस्थापन समिति, बारेकोट गाउँपालिकासंगको समन्वय तथा सर्वाङ्गिन विकास केन्द्रको व्यवस्थापनमा भुकम्प प्रभावितहरुलाई कम्बलहरु बितरण गरिएको हो । महासंघले भुकम्प प्रबावितहरुको समस्यालाई न्यूनिकरण गर्नका लागी गरेको सहयोगले प्रबावितहरुलाई चिसोबाट बच्नको लागि ठूलो राहन पुर्‍याउने बारेकोट गाउँपालिका वडा नं १ का जनप्रतिनिधि लाल बहादुर पुनले बताए ।

२०७२ सालको भुकम्प पछि महासघंले विपद् जोखिम न्यूनिकरण सम्बन्धि कार्यहरु नेपालका विभिन्न जिल्लाहरुमा सम्पन्न गर्दै आएको छ । युवा गैसस महासंघ नेपाल युवाको क्षेत्रमा काम गर्दै आईरहेको राष्ट्रिय स्तरको महासंघ हो । विगत एक दशकदेखी महासंघले युवा संघसंस्थाहरुको क्षमता अभिबृद्धी गर्दै वातावरण संरक्षण, विपद व्यवस्थापन, स्वस्थ्य, निति निर्माण,शिक्षा,मानव अधिकार, सुशासन तथा नीति सुधार, दिगो विकास र उद्यमशिलतामा बहस एवं पैरवी गर्दै आहिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे