९ बुँदे लुम्बिनी घोषणापत्र जारी संसदीय मामिला पत्रकार समाजको अधिवेशन सकियाे



९ बुँदे लुम्बिनी घोषणापत्र जारी संसदीय मामिला पत्रकार समाजको अधिवेशन सकियाे

लुम्बिनी २१ पुस। संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको शनिबार लुम्बिनीमा सम्पन्न दाेस्राे अधिवेशन तथा तेस्राे साधारणसभाले ९ बुँदे लुम्बिनी घोषणापत्र जारी सम्पन्न भएकाे छ ।

घोषणापत्रमा कानुन सम्मत ढंगले सञ्चालित आमसञ्चारका माध्यमहरुको संरक्षण र सम्वद्र्धनका लागि तीनै तहका सरकारलाई विशेष प्याकेज सहितको व्यवस्था गर्न अनुरोध गर्दै लोककल्याणकारी विज्ञापनलाई नियमित र समानुपातिक ढंगले वितरणका निम्ति सरकार समक्ष आग्रह गरेको छ । यसैगरी संसद भवनमा आवश्यक मिडिया सेन्टर निर्माण गर्न तथा सूचनामा सहज पहुँचको प्रबन्ध मिलाउन माग गरिएको छ । अमृत गिरी संयोजक तथा निरा गौतम र सन्तोष सुवेदी सदस्य रहेको समितिले तयार पारेको घोषणापत्रलाई सर्वसहमतीमा पारित गरिएको थियो ।

यस्तो छ घोषणापत्रको पूर्णपाठ

१ समृद्ध लुम्बिनी ः आत्मनिर्भर प्रदेशको लक्ष्य र संकल्पलाई साकार पार्न संसदको भूमिकालाई प्रभावकारी बनाउन आमसञ्चारको क्षेत्रबाट खवरदारी सहितको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।

२ आमसञ्चारका माध्यमले निर्वाह गरेको असल भुमिकाको उचित कदर र सम्वोधन हुनुपर्नेमा समेत जोड दिन्छ ।

३ प्रेस तथा आमसञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियालाई यथाशीघ्र सम्पन्न गरि सुशासनको अनुभूति दिलाउने तर्फ केन्द्रित रहन सरोकारवाला निकायमा जोडदार आग्रह गर्दछौं ।

४ कानुन सम्मत ढंगले सन्चालित आमसञ्चारका माध्यमहरुको संरक्षण र सम्बर्धनका लागि तिनै तहका सरकारलाई विशेष प्याकेज सहितको व्यवस्था गर्न अनुरोध गर्दै लोककल्याणकारी विज्ञापनलाई नियमित र समानुपातिक ढंगले वितरणका निम्ति घोषणापत्रमार्फत सरकार समक्ष आग्रह गर्दछौं ।

५ लुम्बिनी प्रदेश सरकारले देउखुरी उपत्यकामा राजधानी कार्यान्वयन अघि बढाएकाले स्थायी सरकार सञ्चालनका लागि आवश्यक सबै पुर्वाधार निर्माण गर्न, संसद भवनमा आवश्यक मिडिया सेन्टर निर्माण गर्न, सूचनामा सहज पहुँचको प्रबन्ध मिलाउन आग्रह गर्दर्छौ ।

६ प्रदेश सरकार र प्रदेश सभाबाट पत्रकारको समग्र वृत्ति विकासका कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्दछौं ।

७ प्रदेशका सञ्चार गृह र संस्थामा पत्रकार महिलाको समावेशी र नेतृत्वमा महिला सहभागीताका लागि लैंगिक निति तथा कार्यक्रम तय गर्न आग्रह गर्दछौं ।

८ श्रमजीवी पत्रकारहरुको हकहित र पेशागत सुरक्षाको ग्यारेन्टी हुनेगरी विशेष व्यवस्था मिलाउन छातासंगठन नेपाल पत्रकार महासंघ र सम्बद्ध निकायहरूको ध्यानाकर्षण गराउँदछौं ।

९ मुलुकको समृद्धि र राजनितिक स्थायित्वका लागि आमसञ्चारको भुुमिका केन्द्रित गर्नका लागि यो पत्रकार समाज प्रतिबद्धता व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे