खानेपानीको सुविधा सबै उपभोक्ताले पाउनुपर्छ : नगर प्रमुख चौधरी



लमही २२ पुस । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले खानेपानी सबै उपभोक्ताले पाउनुपर्ने बताएका छन् ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औं  बार्षिक साधारणसभामा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो कुरा बताएका हुन् । पानी मानिसको जिबन हो पानी पानी भए जिबन हुने हो । पानी बिना जिबन चल्दैन, सबै उपभोक्ताको जिवन पानी सँगै अडिएको हुन्छ त्यसैले खानेपानीको सुबिधा सबै उपभोक्ताले पाउनुपर्छ चौधरीले भने । यसको लागि स्थानीय सरकार आवश्यक सहयोग गर्न तयार छ । त्यसका लागि उपभोक्ताहरुले पानीको मुहान संरक्षण गर्न तर्फ ध्यान दिनुपर्छ ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंगबहादुर चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अबसरमा बोल्दै घोराही खानेपानीको अध्यक्ष देबिबहादुर डिसीले उपभोक्ताहरुलाई सर्व सुलभ खानेपानीको आपुर्ती गर्न खानेपानीको लागी राम्रो श्रोत हुनुपर्ने बताए । उनले पछील्लो समय पानीको मुहान सुक्दै गएका छन् । वन जंगल मासिदै गएका छन् । त्यसको संरक्षण गर्न सकिएन भने पानीको संकट बढ्न सक्छ त्यस तर्फ सचेत उपभोक्ता चनाखो हुनु जरुरी छ ।

लमही खानेपानीका पुर्ब अध्यक्ष बिमबहादुर केसीले संस्थालाई जोगाउन र खानेपानीको सर्ब सुलभ सुबिधाका लागी खानेपानीले फजुल खर्च घटाउदै लैजान आबश्यक रहेको बताए । अर्का अध्यक्ष कर्णबहादुर बुढाथोकीले लमहीका उपभोक्ताहरुलाई खानेपानी सजिलो गरि घरदैलोमा पु¥याउन बिगतका पदाधिकारीहरुले धेरै मेहनत र कडा परिश्रम गरेको स्मरण गर्दे बढ्दो बस्ति बिकास सँगै खानेपानी बितरणको क्षमतालाई पनी बढाउँदै लैजान जरुरी रहेको बताए । उनले भने ३ सय २२ धाराबाट शुरु गरिएको खानेपानी आयोजनाको उपभोक्ता सख्या अहिले ५ हजार २८ पुगेको छ । यो अझै बढ्दै जाने हो यसका लागी पानीको क्षमता बढाउँदै लैजान जरुरी छ । संस्थाका उपाध्यक्ष सिता चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सचिब बसन्त आचार्यले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष बासुदेब गौतमले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बेलझुन्डी खानेपानीका अध्यक्ष प्रदिप गौतम, नारायणपुर खानेपानीका अध्यक्ष कुल प्रसाद रजौरे , नेकपा माओबादी लमही नगर ईन्चार्ज दिल कुमार श्रेष्ठ, पत्रकार लिला शाह लगाएतले बोलेका थिए । खानेपानीले यस बर्ष कर्मचारी नियमावली संसोधन गरेको छ । भने खानेपानी संस्थालाई सेवामुलक संस्थाको रुपमा रहने छ । भनी बिधान संसोधन गरेको छ । संसोधित बिधानको बिषयमा खानेपानीका पुर्ब उपाध्यक्ष कुमार घिमिरेले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे