मुख्यमन्त्री पोखरेलद्वारा एकैदिन दाङका तीनवटा पुलको सिलन्यास



मुख्यमन्त्री पोखरेलद्वारा एकैदिन दाङका तीनवटा पुलको सिलन्यास

दाङ २५ मंसिर । दाङमा आज एकै दिन तीन वटा पक्की पुलको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले घोराही, तुलसीपुर र देउखुरीमा एक/एक गरी विहीबार एकै दिन तीन वटा पक्की पुलको शिलान्यास गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नंम्वर १० राइखलियान र तुलसीपुर ८ टिकरी जोड्ने पातुखोला पुलको सिलान्यास मुख्यमन्त्री पोखरेलले गरेका हुन् । उक्त पुलको लुम्बिनी प्रदेश सरकारको ८ करोड ३१ लाख ६४ हजार दुईसय २५ रुपैया आर्थिक सहयोगमा निर्माण गर्न लागिएको हो ।

यस्तै घोराही उपमहानगरपालिका वडा नंम्वर १८ मसिनदेखी सैघा, मर्वेस र बंगलाचुली जोड्ने कटुवा खोला पुलको शिलान्यास पनि मुख्यमन्त्री शंखर पोखरेलले गरेका छन् ।

उक्त पुलको निर्माण सम्भौता २०७९ भदौ २० गने सक्ने गरी ३ करोड ८२ लाख ३२ हजार १ सय ८७ रुपैया ४३ पैसामा भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको यो पुलको जय बुद्ध निर्माण सेवा प्राली काठमाण्डुले पाएको छ ।

यस्तै देउखुरीको राप्ती गाउँपालिका वडा नंम्वर ४ देखी ८ जोड्ने दाेलही खोलामा पनि मुख्यमन्त्री पोखरेलले पुलको शिलान्यास गरेका छन् । प्रदेश सरकारको ५ करोड २० लाख ६ हजार ८ सय ७९ रुपैयाको लगानीमा निर्माण हुन लागेको पुलको जिम्मा जय बुद्ध जेवी काठमाण्डाैँले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे