राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी बिदाको समयमा साइकल चढेर कार्यक्रममा सहभागी



राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी बिदाको समयमा साइकल चढेर कार्यक्रममा सहभागी

भालुवाङ ९ पुस । दाङ-देउखुरीकाे राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले पछिल्लाे समय उदाहरणीय कार्यकाे थालनी गरेकी छिन् ।

देशभर जनप्रतिनिधि र कर्मचारीबाट सरकारी गाडीकाे दुरूपयाेग बढी रहेकाे बेला उपाध्यक्ष चाैधरीले भने सार्वजनिक बिदाकाे दिन साइकल चढेर जनताकाे काम तथा कार्यक्रममा सहभागी हुन साइकल चढेर जाने गरेकी छिन् ।

हरेक असल कामकाे शुरूवात आफूबाट गर्नु पर्छ भन्ने मान्यताका साथ सरकारी सम्पत्तिकाे संरक्षण गर्ने प्रमुख दायित्व जनप्रतिनिधिकाे रहेकाे भन्दै उपाध्यक्ष चाैधरीले बिदाकाे दिन आफू संग भएकाे साइकल चढेर कार्यक्रमहरूमा पुग्ने गरेकाे बताएकी छिन् । जनप्रतिनिधि र कर्मचारीहरूबाट देशभर सरकारी गाडीकाे चरम दुरूपयाेग बढेकाे व्यापक समाचार आईरहेकाेले आफूले सार्वजनिक बिदाकाे दिन साइकल चढेर जनताकाे काम गर्ने गरेकाे बताएकी छिन् । उपाध्यक्ष चाैधरी सार्वजनिक बिदा बाहेकका दिन भने गाउँपालिकाकाे सरकारी गाडी चढ्दै आएकी छिन् ।

सोमबार इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस डे को अवसरमा सिसहनियाँ सु- समाचार मण्डलीले राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा साइकल चढेर कार्यक्रम सहभागी भएकी थिइन् । भने गाउँपालिका अध्यक्ष प्रकाश विष्ट निजी मोटरसाइकल चढेर कार्यक्रममा सहभागी भएका थिए । उपाध्यक्ष चाैधरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनी लामाे समय देखि भूमिहिन सुकुमबासी आन्दाेलनमा समेत याेगदान पुर्‍याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे