नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन गरिदै



नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन गरिदै

दाङ १९ मंसिर । दाङको गढवा गाउँपालिका –८ मा रहेको नेपाल–भारत छुट्याउने नेपाल ५९९/५ (३८) नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत कार्य सुरु भएको छ।

नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले रङरोगन गरेर सुभारम्भ गरेका हुन्। लुम्बिनी प्रदेशको दाङ जिल्लाको कुल ७६ पिल्लर मध्ये जोर संख्या भारत र बिजोर संख्या नेपालले मर्मत तथा रङरोगन गर्ने शसस्त्र प्रहरी बल दाङका प्रमुख गोपाल श्रेष्ठले जानकारी दिए । नेपालले ३५ वटा पिल्लरको मर्मत तथा रङरोगन गर्ने जानकारी दिदै प्रमुख श्रेष्ठले सन् २०१४ भन्दा पहिलेका पिल्लर मर्मत सम्भार नहुने बताए ।

सरकारको निर्णय अनुसार मंगलबारबाट लुम्बिनी प्रदेशको दाङ जिल्लामा रहेका सीमास्तम्भ मर्मतको काम सशस्त्र प्रहरी बलले सुरु गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार सिमा पिल्लर मर्मत तथा रङरोगन कार्य सुरु गरेको शसस्त्र प्रहरी बल दाङका प्रमुख गोपाल श्रेष्ठले बताए। भारतको तर्फ बाट शसस्त्र प्रहरी बल बलरामपुर जिल्लाका डिएसपी आर. के तेज कुमार, नेपालका तर्फबाट शसस्त्र प्रहरी बल दाङका प्रमुख गोपाल प्रसाद श्रेष्ठ, प्रस्तावित सिमा सुरक्षा बल गुल्म कोइलाबासका गुल्मपति शसस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष विर सिंह, इलाका प्रहरी कार्यालय कोइलाबासका प्रहरी नायव उपरीक्षक कुमार केसी लगायतकाको उपस्थिति रहेको थियो ।

दाङको कोईलाबासमा रहेको नेपाल–भारत छुट्याउने ५९९/५ (३८) नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत सुरु गरिएको
सर्वेविभाग नेपालका सर्वे अधिकृत पवन कुमार खत्रीले जानकारी दिए। सर्वेअधिकृत खत्रिका अनुसार सन् २०१८ मा सम्पन्न नेपाल–भारत बाउन्ड्री वर्किङ ग्रुपको बैठकअनुसार सन् २०१४ पछि मर्मत तथा निर्माण भएकामध्ये जोर नम्बरको सीमास्तम्भ भारतीय सशस्त्र सीमाबल बिजोर नम्बरको सीमास्तम्भ सशस्त्र प्रहरीले मर्मत गर्ने निर्णय भएको थियो त्यै अनुसार काम अघि बढाएको बताए ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र ८ नम्बर वडाध्यक्ष खालिक सिद्दिकीले रङरोगन गरेर सुभारम्म गरेका हुन् । भारतको तर्फ बाट शसस्त्र प्रहरी बल बलरामपुर जील्लाका डिएसपी आर के तेज कुमार, नेपालका तर्फबाट शसस्त्र प्रहरी बल दाङका प्रमुख गोपाल प्रसाद श्रेष्ठ, प्रस्तावित सिमा सुरक्षा बल गुल्म कोइलाबासका गुल्मपति शसस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष विर सिंह, इलाका प्रहरी कार्यालय कोइलाबासका प्रहरी नायव उपरीक्षक कुमार केसी लगायतकाको उपस्थिति रहेको थियो । मर्मत तथा रङरोगन नेपालको काम नेपालको दाङ जिल्ला र भारतको बलरामपुर र श्राबस्ती जिल्ला संग सटेको सिमा स्तम्भहरुको हुने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे