देउखुरीको लठ्ठहवामा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना गम्भीर घाइते



देउखुरीको लठ्ठहवामा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना गम्भीर घाइते

सिसहनियाँ १९ मंसिर । दाङको देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना गम्भीर घाइते भएका छन् ।

लमही- भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका-५ लठ्ठहवामा मंगलबार दिउँसो २:१५ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको प्रदेश ३-०२०१४ प ०५०६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्व गईरहेको रा ५ प ६८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक बर्दिया जिल्ला गुलरिया नगरपालिका ५ बस्ने पृथ नेपाल आर्मी सिंह दरवार काठमाडौमा कार्यरत वर्ष ३२/३३ को भुपेन्द्र चाैधरी गम्भीर घाइते भएका छन् । उनको टाउको, छाति, पेट र दुवै हातमा चोट लागेको छ । त्यस्तै आर्का मोटरसाइकल चालक प्युठान नगरपालिका ९ बस्ने वर्ष ३० को सुरेन्द्र केसी गम्भीर घाइते भएका छन् ।

उनको टाउको, दाहिने हात, दाहिने खु्टामा गहिरो चोट लागेको छ भने उनको श्रीमती वर्ष २५ को हिरा केसी गम्भीर पनि घाइते भएकी छिन् । उनको दाहिने हात, दाहिने खु्टामा गहिरो चोट लागेको छ । घाइते तीनै जनालाई सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचार गरि थप उपचारका लागि चाैधरीलाई नेपालगन्ज र केसी दम्पतीलाई बुटवल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे