धुर्मुस-सुन्तलीको अभिनय तथा जिग्रीको स्वरमा रहेको ‘भगवान कसम’ बोलको गीत सार्वजनिक



धुर्मुस-सुन्तलीको अभिनय तथा जिग्रीको स्वरमा रहेको ‘भगवान कसम’ बोलको गीत सार्वजनिक

दाङ १४ मंसिर । हास्य टेलिसिरियल ‘सक्किगोनी’का निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ले आफ्ना दाईभाउजूको १५ औँ वैवाहिक वर्षगाँठको अवसरमा कोसेलीस्वरूप ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन्।

धुर्मुस – सुन्तलीको अभिनय रहेको उक्त गीतमा स्वर कुमार कट्टेल ‘जिग्री’ र अनु चौधरीको रहेको छ भने गीतकार दिनेश थपलिया हुन्। गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन्।

जनकपुरमा सुटिङ भएको उक्त गीतमा सक्किगोनीका कलाकार दीपक आचार्य ‘काकु’ले निर्देशन गरेका थिए। जिग्रीको सांगीतिक यात्रामा यो तेस्रो कोसेली हो। उनको आवाजमा यसअघि ‘मन्जरी’ र ‘मायाले जीवन सजाउ’ बोलको गीत सार्वजनिक भइसकेको छ।

हेर्नुस् यो भिडियो 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे