तिहारको उपलक्ष्यमा शान्ति युवा क्लव लठ्ठहवाद्वारा साँस्कृतिक कार्यक्रम सम्पन्न



तिहारको उपलक्ष्यमा शान्ति युवा क्लव लठ्ठहवाद्वारा साँस्कृतिक कार्यक्रम सम्पन्न

सिसहनियाँ २६ कार्तिक । तिहारको उपलक्ष्यमा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा रहेको श्री शान्ति युवा क्लवले लठ्ठहवामा शनिबार साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

क्लवका साँस्कृतिक संयोजक कृष्णबहादुर चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य सावित्रा गोतामेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले थारू समुदायमा हराउँदै गएको कला, संस्कृति, गितसंगित, भेषभुषा संरक्षणमा नयाँ पुस्ताले ध्यान दिन जरूरी रहेको बताएका थिए ।

वक्ताहरूले पछिल्लो समय पश्चिमी संस्कृति नेपालमा माैलाइरहेको प्रति चिन्ता समेत व्यक्त गरेका थिए ।कार्यक्रममा लठ्ठहवा टोल विकास संस्थाका अध्यक्ष बामदेव चाैधरी, क्लवका अध्यक्ष श्रीबहादुर चाैधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना व्यक्त गरेका थिए ।

क्लवका पुर्व साँस्कृतिक संयोजक जंजिरू चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन क्लव सदस्य शान्तकुमार चाैधरी र फूलपति चाैधरीले गरेका थिए । कार्यक्रममा थारू झुमरा नाच, सोङ, नृत्य लगायतका प्रस्तुति प्रस्तुत गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे