तिहारमा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा निरन्तर सुनुवाइ हुने
काठमाडौं २४ कार्तिक । तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ । यही कात्तिक २६ गते आइतबारदेखि भाइटीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने भएको छ ।
सर्वोच्च अदालत प्रशासनले आज जारी गरेको सूचनाअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा बन्दीको रिट निवेदनमा सुनुवाइ हुनेछ ।
प्रतिक्रिया दिनुहोस्