राष्ट्रिय संगीतकर्मी संघ दाङको पहिलो बैठकबाट सचिवालय कमिटि गठन, प्रेस संयोजकमा गुप्ता नियुक्त



राष्ट्रिय संगीतकर्मी संघ दाङको पहिलो बैठकबाट सचिवालय कमिटि गठन, प्रेस संयोजकमा गुप्ता नियुक्त

भालुवाङ १७ कार्तिक । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति दाङको पहिलो बैठक शुक्रवार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सम्पन्न भएको छ ।

संघका जिल्ला अध्यक्ष दिपक वलीको अध्यक्षतामा बसेको बैठकले संघका अध्यक्ष दिपक वलीको संयोजकत्वमा ७ सदस्यीय सचिवालय कमिटि गठन गरेको छ । जसका सदस्यहरुमा हरिराम मगर, कमल खड्का, भिमबहादुर वली, श्रीधर कडेल, दिपक बर्मा र बेलमती विक रहेका छन् । त्यसै गरि बैठकले पालिका संयोजक पनि तोकेको छ । जस अनुसार लमही र राजपुरको संयोजकमा दिपक बर्मा, राप्ती र गढवाको संयोजकमा श्रीधर कडेल, घोराहीको संयोजकमा कमल खड्का, शान्तिनगरको संयोजकमा बिरबहादुर विक, दंगीशरणको संयोजकमा बेलमति विक, बबईको संयोजकमा रमेश वली, तुलसीपुरको संयोजकमा भिमबहादुर वली, बंगलाचुलीको संयोजकमा एच.आर मगर र केवी वली रहेका छन् ।

त्यसै गरि बैठकले संघको प्रेस संयोजकमा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता र सह संयोजकमा कोमल बहादुर वली (के.वी) लाई नियुक्त गरेको छ । बैठकले संघको भवन निमार्ण गर्न ५ सदस्यीय कमिटि गठन गरेको छ । जसको संयोजकमा दिपक वली, सह–संयोजकमा सन्तोषकुमार गुप्ता, सदस्यहरमा राजकुमार वली। ब्ेलमति विक र श्रीधर कडेल रहेका छन् । त्यसै गरि बैठकले आफ्नो संस्थाको कार्यालय हालका लागि तुलसीपुर स्थित दियाला अनलाइन डटकमको अफिसलाई प्रयोग गर्ने निर्णय गरेको छ ।

बैठकले संघको खाता सञ्चालन गर्ने र आर्को दोस्रो बैठक शान्तिनगर गाउँपालिकामा मंसिर ९ गते राख्ने निर्णय गरेको छ । भने संघका उपाध्यक्ष दिपक बर्मा माथि केहि दिन अघि प्युठानमा प्युठान आइडल सिजन ३ सञ्चालन गर्दै गर्दा पक्राउ पुर्जी बिना प्रहरी प्रशासनले सोधपुछको आडमा दादागिरी शैलीमा, प्रहरीको मान मर्यादाको धज्जी उडाउादै गरेको गिरफ्तारको घोर निन्दा र भत्र्सना गर्दै उक्त कार्यप्रति राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमितिले खेद प्रकट गरेको छ । बैठकमा स्वागत संघका उपाध्यक्ष श्रीघर कडेलले गरेका थिए भने बैठकको सहजीकरण संघका सचिव भिमबहादुर वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे