देउखुरी बहुमुखी क्याम्पसको निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनको पुरै प्यानल विजय



देउखुरी बहुमुखी क्याम्पसको निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनको पुरै प्यानल विजय

लमही १० कार्तिक । दाङको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पस व्यवस्थापन समिति गठनका लागि शुक्रवार भएको निर्वाचनमा कांग्रेस एमालेको पुरै प्यानल विजय भएको छ ।

सो प्यानलका अध्यक्ष पदका उम्मेदवार लालवीर खड्काले १३७ मत ल्याएर विजय भएका छन् । उनका प्रतिद्धन्दी अध्यक्ष पदका उम्मेदवार बाबुराम चौधरीलाई ७९ मतले पराजित गरेका छन् । खड्काको पक्षमा १३७ मत आउँदा चौधरीलाई ५८ मत मात्र प्राप्त भयो । त्यस्तै खड्का प्यानलका सदस्यहरु प्रकाशकुमार जिसी (१३६), पदमप्रसाद शर्मा पुडासैनी (१५२), हल्लुप्रसाद चौधरी (१५६), कृष्णप्रसाद घिमिरे ’केपी’ (१७२), बिद्याशरण चौधरी (१५८), गुलाम महोम्मद जागा मुसलमान (१३९), प्रेम कालाथोकी (१५५), पवन शर्मा रिजाल (१५०), ध्रुब नारायण चौधरी (१५५), गोपाल ज्ञावली (१४२) र सुलोचना गिरी (१६३) मत ल्याएर बिजयी भएका छन् ।

त्यस्तै अर्का चौधरी प्यानलका तर्फबाट सदस् पदका उम्मेदवार होमप्रसाद शर्मा (४४), कृष्ण प्रसाद भुषाल (६३), थानेश्वर गैरे (७३), दिनमणी आचार्य (४८) र बिश्वराज आचार्यले (७६) मत प्राप्त गरे । यसअघि मिनादेबी गुरुङ र बिना न्यौपाने महिला सदस्य पदमा निर्बिरोध निर्बाचित भईसकेका थिए । शुक्रबार क्याम्पसको नयाँ नेतृत्वका लागि बिहान ९ बजे निर्बाचन शुरु भएर ३ बजे सकिएको थियो । २३५ मतदाता संख्या रहे पनि २०० मत खसेको निर्बाचन संयोजक लिलाराम खनालले जानकारी दिएका छन् ।

क्याम्पस स्थापना कालदेखि नभएको निर्वाचन अहिले भएको हो । व्यवस्थापन समितीको नेतृत्वका लागि पहिलो पटक यो निर्वाचन भएको हो । २०६२ सालमा स्थापना भएको क्याम्पसको समिति गठनका लागि त्यस यता निर्बाचन भएको थिएन । निर्बाचनमा दलहरु गठबन्धन सहित चुनाबमा होमिए थिए । केन्द्रीय सत्ता समिकरण भन्दा फरक तरिका सहित निर्वाचनमा सहभागी भएका थिए । जसमध्य नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा एकातिर देखिए भने अर्का तिर नेकपा माओबादी, एकीकृत समाजबादी र जनमोर्चा मिलेर चुनाबमा होमिएका थिए । विजय प्यानललाई कांग्रेस, एमाले र राप्रपाले समर्थन गरेका थिए । भने बाबुराम चौधरीको प्यानललाई माओबादी, समाजबादी र जनमोर्चाले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे