दाङमा शौचालयबाट चिप्लिएर अर्जुनखोलामा खस्दा नेपाली सेना लेस नायकको मृत्यु



दाङमा शौचालयबाट चिप्लिएर अर्जुनखोलामा खस्दा नेपाली सेना लेस नायकको मृत्यु

दाङ १० कार्तिक । दाङमा शौचालयबाट चिप्लिएर नेपाली सेना लेसनायक पदमा कार्यरत व्यक्तिको मृत्यु भएको छ।

रण सिंह दल गण घोराही दाङ दरबन्दी भई लमही नगरपालिका– ५ लमही पोष्टमाकार्यरत लमजुङ मध्य नेपाल नगरपालिका–९ घर भएका ३० बर्षिय लेस नायक सितल थापाको मृत्यु भएको शौचालय गएको बेला चिप्लिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । शौचालयबाट चिप्लिएर दुई सय मिटर तल अर्जुनखोलामा खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमान्डमा खटिएको टोलीले उद्दार गरेर उपचारको लागि लमही अस्पताल लगिएको थियो । चिकित्सकले उनको मृत्यु भएको पुष्टि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे