एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य गैरै एमालेमै फर्किए



एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य गैरै एमालेमै फर्किए

लमही ९ कार्तिक । नेकपा एकिकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा दाङ क्षेत्र नं. १ का इञ्चार्ज रामप्रसाद गैरे नेकपा एमालेमा फर्किएका छन् । दाङ लमहीमा आयोजित कार्यक्रममा समाजवादी परित्याग गरी गैरे नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

‘समाजवादी पार्टीलाई जनताले अनुमोदन गरेनन् । फुटेर कम्यूनिष्ट आन्दोलानलाई अघि बढाउन सकिँदो रहेनछ । म मुलधारमा फर्किएँ’ सम्वोधनका क्रममा उनले भने, ‘समाजवादी मोर्चामा माओवादीको एकाधिकार हुन थाल्यो । त्यसले आन्दोलनलाई अघि बढाउन सकिँदैन । म एमालेमै फर्किने निधो गरेँ र अहिले पार्टी प्रवेश समेत गरिसकेको छु । पार्टीले दिने जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु ।’

एमाले महासचिव शंकर पोखरेलले गैरेलाई पार्टी प्रवेश गराएका हुन् । दाङका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्दै जाँदा एकीकृत समाजवादीलाई ठूलो झड्का लागेको छ । यस अघि जिल्ला अध्यक्ष सहित केन्द्रीय स्तरका नेताहरु एमालेमा प्रवेश गरिसकेका थिए । क्षेत्र नं. १ बाट निर्वाचित सांसद मेटमणी चौधरी आफ्नो निर्वाचन क्षेत्रमा एक्लिँदै जान थालेका हुन् । उनलाई साथ दिएकाहरु अहिले एमालेमा फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे