दाङको देउखुरीमा १६ दिने आफ्नै बच्चाको घाँटी रेटी हत्याको प्रयास गर्ने आमा पक्राउ



दाङको देउखुरीमा १६ दिने आफ्नै बच्चाको घाँटी रेटी हत्याको प्रयास गर्ने आमा पक्राउ

लमही ८ कार्तिक । दाङको देउखुरीमा आमाले आफ्नै १६ दिने बच्चाको घाँटी रेटी हत्याको प्रयास गर्ने आमालाई प्रहरीले पक्राउ गरेको छ ।

लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको हत्याको प्रयास गरेकी हुन । उनी आफै सुत्केरी भएर शिथिल अबस्थामा छिन । उनी घटनाबारे केही बोल्न चाहिनन् ।

घटना हो बुधबार दिउँसो ४ बजे तिरको । घरका सबै सदस्य काममै बिजि थिए । आमा भित्र बच्चा सँगै थिईन । उनको दिमागमा एक्कासी के उब्जियो ? उनी निर्दयी बन्न पुगिन । ९ महिना कोखमा राखिन तर १६ दिन अघि जन्माएको छोरीको आफै हत्याको प्रयास गरिन । दुखसुख सहेर आफैले यो सँसार देखाएकी आमाले बच्चाको हत्याको प्रयास कसरी गर्न सक्ला? सोच मग्न बिषय बनेको छ । समाज आश्चर्य चकित छ ।

तरकारी काट्ने चाकुले घाँटीमा रेटिएको छ । उनले बच्चालाई घर पछाडी लगेर घाँटी रेटिन । लगत्तै बच्चालाई बोकेर झाडी तिर जाँदा उनका देवर सुमन चौधरीले बच्चा रोएको आवाज सुने । अनि कुदेर बच्चा खोसे । सायद उनी बच्चा मर्यो भन्ने सोचले झाडीमा फाल्न जादै थिईन ।

देवरले तत्कालै बच्चालाई अस्पताल लगे । लमही अस्पतालमा सामान्य उपचार पछि घोराही रेफर गरिएको छ । चिकित्सकका अनुसार बच्चाको अबस्था गम्भीर छ ।

उनी आफै सुत्केरी पश्चात् बिरामी छिन । एकोहोरो भएकि छिन । उनमा पनि औषधी चलिरहेको छ । उनका माइजू अस्मती चौधरीका अनुसार गत २३ गते उनले आफ्नो बच्चालाई जन्म दिएकी हुन । सुत्केरी भएपश्चात अत्यधिक रक्तश्राब भएपछि चिकित्सकको सल्लाह अनुसार उनको थप उपचार नेपालगञ्जमा भयो । ३ दिनको उपचार पश्चात् उनी डिस्चार्ज भएर घर आईन । सबथोक राम्रै चल्दै थियो । तर आज यो दिन आईलाग्यो ।

उनका श्रिमान सिउ कुमार चौधरीले पनि घरमा दोस्रो सन्तानका रुपमा जन्मिएको भनेर खुसी भएको बताए । उनले भने श्रिमतीबाट घृणित घटना भयो, यस्तो सोचेकै थिएन, सब ठिक थियो, उनलाई के भयो एक्कासी सोच्नै सकिन । घाँटी रेटिएको बच्चा निरम र सिउकुमारको दोस्रो सन्तान हुन । उनिहरुको ३ बर्षिय अर्को छोरी पनि छन । उनको आर्थिक अबस्था कमजोर छ । एकोहोरो छिन । धेरै कुरा सोच्न सक्दिनन् त्यसैले पनि यस्तो अप्रिय घटना घट्यो कि भनेर समाजले आँकलन गर्न थालेको छ । उनी अहिले वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा छिन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे