राप्तीका अध्यक्ष विष्टले सडक सहयोगापेक्षी मानवहरूलाई नयाँ कपडा र खाना खुवाएर दशैं मनाए



राप्तीका अध्यक्ष विष्टले सडक सहयोगापेक्षी मानवहरूलाई नयाँ कपडा र खाना खुवाएर दशैं मनाए

भालुवाङ ८ कार्तिक । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले यस वर्षको दशै निलसागर सेवा आश्रम दाङका सहयाेगापेक्षी सडक मानवहरुलाई नयाँ कपडा तथा भाेजन प्रदान गरि मनाएका छन् ।

अध्यक्ष विष्टले हिजो बिहानै राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा रहेको आश्रममा पुगी त्यहाँ आश्रित ३० जना सहयाेगापेक्षी मानवहरुलाई १/१ पिस नयाँ कपडा तथा भाेजन प्रदान प्रदान गरेका हुन् ।

घरमा आफ्नो दशैं नभए पनि कोही नहुनेका लागि आफू रहेको बताउँदै अध्यक्ष विष्टले आश्रमका सडक सहयाेगापेक्षी मानवहरु सँग दशैं मनाउन पाएकोमा निकै खुसी लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे