देउखुरीको पहरूवामा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जना घाइते



देउखुरीको पहरूवामा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जना घाइते

भालुवाङ ५ कार्तिक । दाङको देउखुरीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जना घाइते भएका छन् ।

लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँ पालिका वडा नम्बर ५ पहरूवामा आइतबार दिउँसो साढे १ बजेको समयमा भएको दुर्घटनामा परि मोटरसाइकल चालक कैलाली जिल्ला टिकापुर नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २३ को हिमाल कठायत घाइते भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ८० प ८१०० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश ३-०१-०२३ च ९४७२ नम्बरको निजी कार एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो । घाइते कठायतलाई सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले बताएको छ । कार र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे