आज र भोलीको मौसम समान्यतया सफा, पर्सी पश्चिमी क्षेत्रमा पानी पर्ने अनुमान



आज र भोलीको मौसम समान्यतया सफा, पर्सी पश्चिमी क्षेत्रमा पानी पर्ने अनुमान

काठमाण्डौ ३ कार्तिक । काठमाण्डौ उपत्यका सहित देशका धेरै ठाउँमा घाम लागेको छ । आजको मौसम आंशिक बदली हुने अनुमान गरिएको छ ।

केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झाले बताए ।  उनका अनुसार आज र भोली पानी पर्ने सम्भावना छैन । तर, पर्सि भने पश्चिमी क्षेत्रका केही ठाउँमा वर्षाको अनुमान गरिएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा पर्सी हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । पश्चिमी वायुको प्रभावका कारण यी प्रदेशका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको हो ।

यसैबीच, मौसमविद्ले दशैँमा मौसम सफा हुने अनुमान गरेका छन् । पहाडी क्षेत्रका एक/दुई ठाउँमा बदली र हल्का वर्षा भए पनि सामान्यतया मौसम राम्रो रहने मौसमविद्ले बताएका छन् । भोली फूलपाति देखि विजयादशमीको दिन सम्मको मौसम अवस्था बारे आज मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकाल्दै छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे