भालुवाङ, पाखापानी र माैरीघाट क्षेत्रबाट ५ जना सडक मानवहरूको उद्वार



भालुवाङ, पाखापानी र माैरीघाट क्षेत्रबाट ५ जना सडक मानवहरूको उद्वार

भालुवाङ २ कार्तिक ।  राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा बिहीबार राती गाउँपालिकाकाे विभिन्न स्थानबाट ५ जना सडक मानवहरूकाे उद्वार गरिएको छ।

केही दिन देखि सडकमा रात बिताउँदै आएका उनीहरूलाई उद्धार गरि निलसागर सेवा आश्रम नेपालगञ्जको शाखा कार्यालय राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीकाे जिम्मा लगाइएको हाे ।

१ जना पुरुष सहित २ महिलालाई वडा नं. १ काे भालुवाङ बजार क्षेत्रबाट उद्वार गरिएको हाे। त्यस्तै १ जना पुरुषको पाखापानी क्षेत्रमाबाट उद्वार गरिएको छ । भने अर्को १ जनाको माैरीघाट क्षेत्रबाट उद्वार गरिएको हाे।

राप्ती गाउँपालिका दाङका अध्यक्ष विष्टकाे अगुवाइमा गएको उद्धार टोलीमा वडा नं. ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी,निलसागर आश्रम शाखा कार्यालय पिपरीका कार्यवाहक अध्यक्ष गरिबु चौधरी, रामनारायण चाैधरी, श्रीधर अधिकारी ,डाक्टर आशाराम धामी ,पदम विष्ट लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे