सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना गम्भीर घाइते



सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

सल्यान २० असोज । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी छ ।

दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका -३ मुलपानी नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको मुलपानी बनस्पती कार्यालयका प्रमुख मित्र पाठकले बताए । उनका अनुसार २ जना महिलाको घटनास्थलमै मृत्यु भएको र उनिहरुको परिचय खुलेको छैन् । आफुहरु अहिले घाइतेहरुको उद्धार गरिहरकोले घटना बारे विवरण केहि समय पछि आउने उनको भनाई छ ।

घटना स्थलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी पुगेर उद्धार गररिहेको छ । बसमा करिब १६ जना जति यात्रुहरु रहेको र केहि शकुसल रहेको यात्रु तोभान खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे