इलाका प्रशासन कार्यालय लमहीमा सेवाग्राहीलाई सास्ती, घाम र पानी पर्दा छाता ओढेर सेवा लिनुपर्ने बाध्यता



इलाका प्रशासन कार्यालय लमहीमा सेवाग्राहीलाई सास्ती, घाम र पानी पर्दा छाता ओढेर सेवा लिनुपर्ने बाध्यता

लमही २० असोज । दाङको लमही स्थित इलाका प्रशासन कार्यालयमा सेवाग्राहीहरूले निकै सास्ती खेप्नुपरेको छ ।
घाम लाग्दा होस् या पानी पर्दा होस् छाता ओढेर कार्यालय बाहिर २ वटा फाँटको झ्यालबाट सेवा लिनुपर्ने बाध्यता रहेको छ ।

सेवाग्राहीलाई सहज होस् भन्नका लागि संघिय सरकार अन्तरगत भवन डिभिजन कार्यालयले भवन वरपर ट्रस निर्माण गरेको छ । तर त्यो ट्रसको जस्तापाता घाम र पानी छिर्ने खालको भएका कारण सेवाग्राहीहरूलाई चर्को घाम लाग्दा घण्टाै लामो लाइनमा छाता ओढेर सेवा लिनुपर्ने बाध्यता रहेको सेवाग्राहीहरूको गुनासो रहेको छ ।

कार्यालयको प्रशासन प्रतिलिपी र राहदानी फाँटमा विशेष समस्या रहेको कार्यालय प्रमुख उदयराज भट्टराईले बताएका छन् । घाम लाग्दा सेवाग्राहीले छाता ओढ्नुपर्छ भने पानी पर्दा ती दुवै फाँटमा पानी भित्र छिर्ने गरेका कारण कागजपत्र समेत जोगाउन मुस्किल पर्ने गरेको कार्यालय प्रमुख भट्टराईले बताएका छन् ।

त्यस्तै कार्यालयमा शुद्व पिउने पिउनेपानीको समेत समस्या रहेको छ । फिल्टर नहुँदा कर्मचारी र सेवाग्राहीहरू शुद्व पानी खान नपाएको कार्यालय प्रमुख भट्टराईको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे