स्वर्गीय बुवाआमाको संझनामा भट्टराई परिवारद्धारा निलसागरमा ५० हजारको अक्षयकोष स्थापना



स्वर्गीय बुवाआमाको संझनामा भट्टराई परिवारद्धारा निलसागरमा ५० हजारको अक्षयकोष स्थापना

सिसहनियाँ १७ असोज । दाङ, देउखुरीका एक भट्टराई परिवारले निलसागर सेवा आश्रममा अक्षयकोष स्थापना गरेका छन् ।राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी दुर्गा भट्टराईको परिवारले बुधवार सोही वडामा रहेको निलसागर सेवा आश्रममा गई ५० हजारको अक्षयकोष स्थापना गरेका छन् । कृषि विकास बैंक मौरीघाट शाखामा कार्यरत दुर्गा भट्टराईले स्वर्गीय बुवा गिताराम भट्टराई र आमा पवित्रादेवी भट्टराईको संझनामा आश्रममा रहेका बुवाआमाहरुको गाँसबासमा सहयोग पुगोस् भन्ने हिसावले पवित्रा–गिता अक्षयकोष स्थापना गरेको बताएका छन् । छोरा दुर्गा भट्टराई, बुहारी सितादेवी भट्टराई, जेठी नातिनी बुहारी संगिता भट्टराई, कान्छो नाति विशाल भट्टराई, जेठो नाति रमेश भट्टराई, जेठो छोरा जीवराज भट्टराई, नातिनी विन्दु भट्टराई, नाती शुभम भट्टराई, जेठो छोरा सुजता भट्टराई, ज्वाई निमलाल पौडेल, छोरीहरु बालिका न्यौपाने, डोलीदेवी पौडेल, रिमा कुमार िभण्डारी, र नाती कृष्णप्रसाद भण्डारीको उपस्थितीमा कृषि बिकास बैंक मौरीघाट शाखामा खाता खोली अक्षयकोष स्थापना गरिएको हो ।आश्रमका अध्यक्ष तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको अक्षयकोष स्थापना कार्यक्रममा राप्ती गाउँपालिका वडा नं.–५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वली, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिश्वास विक, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, पत्रकार ओमप्रकाश गुप्ता र अक्षयकोष दाताका परिवारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे