बाढीका कारण राप्ती नदीकाे बीच टापुमा रोकिएका १ व्यक्तिको पाँच घण्टापछ‍ि सकुशल उद्धार



बाढीका कारण राप्ती नदीकाे बीच टापुमा रोकिएका १ व्यक्तिको पाँच घण्टापछ‍ि सकुशल उद्धार

भालुवाङ १७ असाेज । राप्ती नदीमा आएको बाढीका कारणबीच टापुमा फसेका एक जनाको पाँच घण्टापछ‍ि सकुशल उद्धार गरिएको छ। राजपुर गाउँपालिका-३ खरदरीया निवासी ३६ वर्षीय शिवकुमार यादवको सकुशल उद्धार गरिएको हो।

खरदरीया-गिधेनिया टापुमा यादव फसेका थिए। नेपाल सशस्त्र प्रहरी, नेपाल प्रहरी सहित स्थानीयको टोलीले टुंगा मार्फत् यादवको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका नायव निरिक्षक प्रकाश ढकालले जानकारी दिए। ‘भैंसी चराउन गएको बेला बाढी आयो। ५ बजे देखि राती ९ बजेसम्म टापुरमै अलपत्र हुनुहुन्थ्यो’उनले भने,’उद्धार टोलीले सकुशल उद्धार गर्न सफल भयो।’ यस्तै पूर्व पश्चिम राजमार्ग लमही-नेपालगञ्ज सडक खण्डमा ढलेको रुख हटाइएको छ। लमही-७ पद्मीनी सोता नजिक रुख ढलेको थियो। जसले गर्दा आवागमन रोकिएको थियो। सुरक्षाकर्मीको टोलीले ढलेको रुख हटाएपछि यातायात सुचारु भएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे