एमाले निकट अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित



एमाले निकट अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित

बुटवल १३ असाेज । अनेरास्वियु लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित भएका छन् । शुक्रबार रातभर बुटवलमा भएको अधिवेशनबाट उनी सहितको टीम सर्वसम्मत चुनिएको हो ।

उपाध्यक्षमा नारायण भुसाल (अर्घाखाँची), मदन भण्डरी (बर्दिया), सरोज ठकुरी (रुपन्देही), सचिवमा रमेश ढकाल (रुपन्देही), सहसचिवमा मनिषा ज्ञावाली (रुपन्देही), प्रबिन पुन मगर (दाङ), शोभाखर गिरी (गुल्मी), कोषाध्यक्षमा अन्जित खनाल (कपिलवस्तु) निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यालय सचिव तथा संगठन विभाग प्रमुखमा हेमन्त घिमिरे सहित ५१ सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् । शुक्रबार उद्घाटन भएको अधिवेशन रातभरको तयारीपछि शनिबार बिहान सर्वसम्मत घोषणा गरिएको थियो । एमाले केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्लले निर्वाचित नेतृत्वको घोषणा गर्दै पार्टीले बनाएका योजना कार्यान्वयनमा पूर्णरुपले लाग्न निर्देशन गरेका थिए ।

शुक्रबार भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल, पूर्वकेन्द्रीय अध्यक्ष तथा एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे